संसोधन विधयेकमाथि संसदमा छलफल हुँदै

४ भदौ, काठमाडौं – संविधान संसोधन विधयेकमाथि आज संसदमा दफावार छलफल हुने भएको छ । गएको बुधबार संसदमा प्रस्तुत गरिएको विधयेकमाथि परेका संसोधनमाथि आज दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ । विधेयकमाथि ५० सांसदले संसोधन हालेका छन् ।

Samsad-meeting

संसोधकर्तासँगै अन्य इच्छुक सांसदले पनि बोल्न पाउने भएकाले विधयेकलाई भोली मात्रै भोटिङमा लैजाने तयारी छ । विधेयक पास हुनका लागि संसदमा कायम रहेको ५ सय ९२ सांसदमध्ये दुई तिहाई अर्थात ३ सय ९५ मत आवश्यक पर्छ । त्यसैले प्रमुख प्रतिपक्षी एमाले, कमल थापा नेतृत्वको राप्रपा र साना दलहरुको समर्थन विना दुई तिहाई पुग्दैन । सत्तारुढ दलहरुले थापा नेतृत्वको राप्रपा, र केही साना दलहरुलाई आफूतिर तान्ने प्रयास गरेका छन् ।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग राखेका केही मन्त्रालय दिएरै भएपनि संसोधनको पक्षमा ल्याउने तयारी गरेको छ । अहिले संसोधनमा दुई तिहाई पु-याउनका लागि सत्तापक्षलाइ जम्मा २२ मत अपुग छ । ३ सय ९५ मत आवश्यक पर्नेमा सत्ता पक्षसँग अहिले ३ सय ७३ र विपक्षमा २ सय २० मत छ ।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालले एमालेसहित संसोधनको विपक्षमा रहेका दलहरुलाई संसदबाटै पक्षमा मतदान गर्न आग्रह गर्ने भएको छ । सबैलाई चिठी पठाएर सहयोग गर्न आग्रह गर्ने तयारी गरेपनि अध्यक्ष मण्डलका नेताहरु बाढी प्रभावित क्षेत्रमा रहेकाले नसकिएको राजपाले जनाएको छ । अब भोलि भोटिङ गर्नु अघि समय पाए संसदमा बोल्दै एमालेसहितका दलको सहयोग माग्ने राजपा महासचिव मनिष सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी