संसोधनको पक्षमा दुई तिहाई पुर्याउन मुस्किल

१५ वैशाख ,काठमाण्डाै । एमाले नेतृत्वको ९ दलीय प्रतिपक्षी गठबन्धनले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई असफल पार्ने निर्णय गरेको छ। एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको गठबन्धन बैठकले संविधान संशोधन विधेयकका अन्तरवस्तु विगतको (एमालेको विरोध र मधेशी दलहरुकै असन्तुष्टिका कारण सरकारले संसदबाट फिर्ता लिएको) भन्दा पनि बढि राष्ट्रहित विपरित रहेको ठहर गरेको हो।

 सरकारले संसदमा ल्याएको संविधान संसोधनका अन्तरवस्तु राष्ट्रिय हित र संविधानको सिद्धान्त विपरित छ,’ बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘हामी यसको विपक्षमा छौं।’ विपक्षी गठबन्धनमा एक तिहाईभन्दा बढी सांसद छन्। संविधान संसोधन पारित हुन सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्या (५९३) को दुई तिहाई (३९६) मत आवश्यक पर्छ। संसदमा एमालेका १८१, नेकपा मालेका ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र नेपा पार्टी(वैद्धिक परिषद्), वहुजन शक्ति र मधेश समता दलको एक/एक गरी १९८ सिट छ।

गठबन्धनका नेताहरुले फोरम (लोकतान्त्रिक) संग एकता प्रक्रियामा रहेको जनमुक्त पार्टीका नेता शिवलाल थापा समेत संविधान संसोधनको मुद्दामा प्रतिपक्षी गठबन्धनको साथमै रहेको दावी गरेका छन्। सभामुखले मत दिन नपाउने (मत विभाजनका बेला बराबरी भएको अवस्थामा निर्णायक मत मात्र दिन सक्ने) र फौजदारी कसुरमा जेल सजाय काटीरहेका सांसद सञ्जय साहले मताधिकार प्रयोग गर्न नपाउने भएकाले यी दुई मतको फाईदा पनि प्रतिपक्षी गठबन्धनलाई नै पुग्छ। संविधान संसोधनको विपक्षमा जतिसुकै मत परेपनि पक्षमा कम्तिमा ३९६ मत पर्नु पर्छ।

संसदमा सत्तारुढ कांग्रेसको २०७, माओवादी केन्द्रको ८१ (सभामुख वाहेक), राप्रपाको ३७ राष्ट्रिय जनता पार्टीको २५, संघीय समाजवादी फोरमको १५, फोरम लोकतान्त्रिकको १४, नेकपा संयुक्तको ३ र बाँकी १० सिट साना दलहरुको गरी ३९१ सिट छ। यसमध्ये फोरम लोकतान्त्रिकले संविधान संसोधन विधेयक दर्ता गराउने प्रक्रियामा आफुहरुसँग परामर्श नभएको वताउँदै आएको छ।  सत्ता पक्षले विपक्षी गठबन्धनका कम्तिमा ५ सांसद आफूतर्फ तान्न सकेनन् भने संविधान संशोधन विधेयक पारित हुन्न।

विपक्षी गठबन्धनले संशोधन विधेयकमाथि संशोधन हाल्ने निर्णय गरेका छन्। गठबन्धनमा आबद्ध दलहरुले संयुक्त र दलीय हैसियतमा छुट्टाछुट्टै संशोधन हाल्न सक्नेछन्। ‘हाम्रो प्रयास त प्रतिपक्षी दलहरुको तर्फबाट राख्ने संसोधन पारित गराउनेमा हुन्छ,’ भावी रणनीति बारे सोधिएको प्रश्नमा नेम्वाङले भने– ‘सरकारले राष्ट्रिय हित विपरित ल्याएको प्रस्तावका पक्षमा दुई तिहाई पुग्ने अवस्था छैन। गठबन्धनमा सहभागि एक तिहाई भन्दा बढि सांसदले यसको विपक्षमा मतदात गर्छौ।’

‘प्रतिपक्षी गठबन्धनलाई कायम राख्दै संविधान संसोधन विधेकयका पक्षमा दुई तिहाई पुग्न नदिने निर्णय गरेका छौ,’ बैठक पछि नेकपा (माले)का महासचिव सीपी मैनालेले भने, ‘सरकारले यसअघि सदनबाट फिर्ता लिएको विधेयकमा जस्तै यस विधेयकका अन्तरवस्तु पनि राष्ट्रिय हित विपरित छन्।’ सत्तापक्षले पनि सरकार र मधेशी दलहरुको सहमति अनुसार विधेयक परिमार्जनका लागि संसोधन दर्ता गराउने तयारी गरेको छ।

यसअघि संसदले संविधान संसोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरी संसोधन दर्ताका लागि सांसदहरुलाई ७२ घन्टाको समय दिएको छ। शनिवार साँझसम्म सांसदहरुले राख्ने एकल र संयुक्त संसोधन प्रस्तावका आधारमा दलहरुबीच विधेयक परिमार्जनको सर्वमान्य विकल्पमा छलफल गर्ने बाटो खुला छ।

राष्ट्रियसभाका सदस्य चुन्ने स्थानीय तहको अधिकार कटौती, प्रदेशको जनसंख्याको अनुपातमा राष्ट्रियसभामा प्रतिनिधित्व, प्रदेशको सिमाङ्गकन हेरफेरमा बहुसंख्यक प्रदेशसभाको सहमति आवश्यक नपर्ने जस्ता प्रावधानमा विपक्षीको मुख्य आपत्ति छ।   आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी