March 28, 2017

संशोधन अघि बढाउन कांग्रेसमा मतभेद

timro-1
सबैभन्दा ठूलो दल सत्ताधारी नेपाली कांग्रेसभित्र संविधान संशोधन विधेयक संसदमा तत्काल अघि बढाउने विषयमा मतान्तर देखा परेको छ।कांग्रेसको जारी बैठकमा, संशोधनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिने सम्भावना कमजोर रहेको ठान्नेहरुले विधेयकलाई तुरुन्तै प्रक्रियामा लग्नु पर्नेमा जोड दिएका छन्।त्यसो गर्दा एमालेसँगको सहमतिको सम्भावना अन्त्य हुने भन्दै अर्काथरीले समझदारी जुटाउन प्रयत्न जारी राख्नु पर्ने मत राखेका छन्।

छिनोफानो
घोषित स्थानीय चुनाव आउन डेढ महिनामात्र बाँकी रहेका बेला कांग्रेसले अन्योलमा परेको देखिएको संशोधन प्रस्तावलाई पार्टीभित्र छलफलको विषय बनाएको हो। बैठकमा बोल्ने कतिपय कांग्रेस नेतामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेसँग सहमतिकानिम्ति भइरहेका प्रयत्नप्रति अविश्वास देखिन्छ। त्यसैले खासगरी तराईबाट प्रतिनिधित्व गर्ने नेताहरु चुनावमा जान संशोधनको छिनोफानो तत्कालै लगाउनु पर्ने धारणा राख्छन्।

एमाले संशोधन प्रस्तावमा सहमत भएन् भने हिमाल, पहाड र तराईका सबै जनतालाई चुनावमा सहभागी गराउन प्रक्रियाबाट संशोधनको टुंगो लगाउनु पर्ने बहुसंख्यकको राय छ

रामकृष्ण यादव, केन्द्रीय सदस्य, कांग्रेस
एकजना केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, “एमाले संशोधन प्रस्तावमा सहमत भएन् भने हिमाल, पहाड र तराईका सबै जनतालाई चुनावमा सहभागी गराउन प्रक्रियाबाट संशोधनको टुंगो लगाउनु पर्ने बहुसंख्यकको राय छ।”

सम्भावना
गृहमन्त्री बिमलेन्द्र निधि र मोर्चासँगको कार्यदलमा रहेका नेता कृष्णप्रसाद सिटौलाले सहमतिका प्रयत्नबारे बैठकमा जानकारी गराएका थिए। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार उनीहरुको भनाईमा सीमाङ्कन बाहेकका विषयमा समझदारी हुने सम्भावना झल्किन्थ्यो।

पौडेल भन्छन्, “त्यसैले प्रक्रिया अघि बढाउने बित्तिकै एमाले सहमतिको प्रयत्नबाट बाहिरिने भएकाले निर्वाचनको मूल प्रक्रिया शुरु हुनुभन्दा अघिसम्म मोर्चा र एमाले दुवैलाई सहमतिमा ल्याउने कोशिश गरौं, समझदारीको बाटो नटुंग्याउँ भन्ने हाम्रो मत छ।” तर बैठकपछि संशोधन प्रक्रिया अघि बढाइनु पर्ने पार्टीको धारणा सार्वजनिक गर्नु पर्ने माग जोडदार रुपमा उठिरहेको छ।

प्रक्रिया अघि बढाउँदा एमाले सहमतिको प्रयत्नबाट बाहिरिने भएकाले निर्वाचनको मूल प्रक्रिया शुरु हुनुभन्दा अघिसम्म मोर्चा र एमाले दुवैलाई सहमतिमा ल्याउने कोशिश गरौं, समझदारीको बाटो नटुंग्याउँ भन्ने हाम्रो मत छ

प्रदीप पौडेल, केन्द्रीय सदस्य, कांग्रेस
महत्वपूर्ण
परस्पर विरोधी मत प्रकट भइरहेका सन्दर्भमा कांग्रेस सभापति निकट मानिने नेता ज्ञानेन्द्रबहादुर कार्कीको भनाई छ, “संविधानको स्वीकार्यताका निम्ति मधेशलाई पनि साथमा लिन जरुरी छ। त्यसैले विश्वासको वातावरण बनाएर सहमतिको साझा बिन्दु खोजेर चुनावमा जान जरुरी छ। किन भने चुनाव नभएको २० वर्ष भयो, केवल सुशासनको कुरा गरेर मात्र हुनेवाल केही छैन।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी