संवादबाट नेपाल–भारत समस्याको समाधान खोज्छौँ:भारतीय रक्षामन्त्री सिंह

rajnath-sing-web2020-06-15-03-20-11

भारतीय रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहले दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारत सम्बन्ध बिगार्न नसक्ने बताएका छन् ।

दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै सिंहले धार्चुलादेखि लिपुलेकसम्म भारतले बनाएको सडकबारे नेपाल असन्तुष्ट भए संवादमार्फत समाधान गर्ने पनि उनको विश्वास छ । उनले नेपाल र भारतको सम्बन्ध सामान्य नरहेको बरु अत्यन्त गहिरो र घनिष्ठ रहेकोसमेत बताएका छन् ।

रक्षामन्त्री सिंहले २६ वैशाखमा नेपाली भूमि भएर चीनको तिब्बत जोड्ने ८० किलोमिटर कैलाश मानसरोवर रुट सडक उद्घाटन गरेपछि नेपालले विरोध गरेको थियो ।

प्रतिनिधिसभाले लिम्पियाधुराबाट बग्ने काली नदीलाई पश्चिम सिमाना मानेर नयाँ नक्सा पारित गरिसकेको छ भने नयाँ नक्सा कार्यान्वयनमा आइसकेको छ ।

रक्षामन्त्री सिंहले नेपाली भूमि अतिक्रमित भएको भारतीय राज्य उत्तराखण्डका कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा यो विषयलाई वार्ताबाट समाधान गर्ने बताएका छन् ।

‘उत्तराखण्ड जनसंवाद’ नाम दिइएको कार्यक्रममा सोमबार दिल्लीबाट उत्तराखण्डका भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाली जनतामा गलत बुझाइ उत्पन्न भएको भए वार्ता र संवादमार्फत समाधान निकाल्ने आश्वासन दिएका छन् ।

उनले भने, ‘हामी बातचितका माध्यमबाट यो मामिलाको समाधान गर्नेछौँ । म यति भन्छु कि भारतमा रहने हामी कोही–कसैमा पनि नेपालका जनताप्रति कुनै पनि प्रकारको कटुता हुन सक्दैन । नेपालसँग हाम्रो अत्यन्तै गहिरो सम्बन्ध छ । हामी आपसमा मिलेर यी सबै समस्याको समाधान गर्नेछौँ ।’

रक्षामन्त्री सिंहले नेपाल भारत सीमाबारे भ्रम सिर्जना भएको पनि टिप्पणी गरेका छन् । उनले ऐतिहासिक,

सांस्कृतिक, भौगोलिक र सामाजिक सम्बन्धलाई ध्यानमा राख्दै संवादमार्फत समाधान गर्ने बताए ।

नेपाली नागरिकसमेत कार्यरत रहेका गोर्खा रेजिमेन्टको चर्चा गर्दै गोर्खालीहरूको उच्च सम्मान गरेका छन् ।

उनले भने, ‘हामीकहाँ यहाँ गोर्खा रेजिमेन्ट छ । उसले समय समयमा सौर्य र पराक्रमको परिचय दिँदै आएको छ ।’

गोर्खा रेजिमेन्टको नारा जय महाकाली आयो गोर्खालीको व्याख्या गर्दै सिंहले महाकालीका भक्त कोलकाताको कामाख्यादेखि विन्ध्याचल पर्वत हुँदै उत्तराखण्डका गाउँ गाउँमा रहेको बताए ।

उनले भने, ‘अनि कसरी नेपाल र भारतको सम्बन्ध टुट्न सक्छ ?  धार्चुलामा जतिसुकै काँडेतार लगाउनुस्, हाम्रा जनताको सम्बन्ध टुट्न सक्दैन ।’

रक्षामन्त्री सिंहकाे भगवान् पशुपतिनाथसित भारतमा रहेका काशी, विश्वनाथ, सोमनाथ तथा अमरनाथको सम्बन्ध अलग्गै हुन नसक्ने  भनाइ थियो ।

उनले भने, ‘यो लोक मात्र नभएर अर्को लोकको कसैले पनि चाहेर नेपाल र भारतको सम्बन्ध बदल्न सक्दैन । यो मेरो पूरा विश्वास हो ।’

सिंहले आफूले उद्घाटन गरेको सडकको औचित्यको पनि व्याख्या गरेका छन् ।

उनले विगतमा सिक्किम हुँदै कैलाश मानसरोवर जानुपर्ने अवस्था रहेको, तर अब लिपुलेकसम्म बनेको सडकबाट सहज भएको पनि उल्लेख गरे ।

सिंहले भने, ‘पहिला सिक्किमबाट कैलाश मानसरोवर पुग्न लामो समय लाग्थ्यो, अब धार्चुला–लिपुलेक रोड बनेपछि मानसरोवर यात्रा पहिलेको भन्दा ६ दिनभन्दा कम समय लाग्नेछ । अब मानसरोवर जाने तीर्थयात्रीहरूका लागि ठूलो सुविधा भएको छ ।’

तर, यो सडकबारे छिमेकी नेपालमा भ्रम पैदा भएको भन्दै संवादबाट समाधान निकाल्ने आश्वासन उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत