February 20, 2020

संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (सुन्नुहोस् अडियो)

 फागुन ८, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको छ । युट्युवमा सार्वजानिक गरिएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धी प्रसंग जोड्ने एक व्यक्तिसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको छ।

१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा के का लागि मन्त्री बाँस्कोटाले  ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन। तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ।

छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसंग पैसाको डिल गर्दै गरेका व्यक्तिको भनाइमा उल्लेख छ । मसिनको कुरा गरिएकाले संचारमन्त्रालय अन्तर्गत कुनै मसिन खरिदको प्रसंगमा चलेको बार्गेनिङ्ग हुनसक्ने देखिन्छ ।

२५ देखि ३० अर्बसम्मको प्रोजेक्टमा कतिसम्म आउँछ भन्ने मन्त्रीको आवाजले उनी बार्गेनिङ्गमा सामेल भएको देखाउँछ। मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिले ७० करोड रकम आउने बताएपछि मन्त्रीले तपाईं (ती व्यक्ति) लाई छुट्टै कति आउँछ भन्ने प्रश्न गरेको अडियो विवरणमा ती व्यक्तिले जम्मा ७४ करोड रकम आउने उल्लेख गरेका छन्।

हाम्रा कुरा डट कमका तर्फबाट मध्यराति युट्युवमा अपलोड गरिएको सो अडियोमा मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिको परिचय कतै खुल्दैन । तर, हाम्राकुरा डटकमले भने ती व्यक्ति स्वीस कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र शर्मा रहेको उल्लेख गरेको छ।

जम्मा २ मिनेट ३५ सेकेण्डको सो अडियोमा बोल्ने व्यक्ति उनै शर्मा हुन् कि होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन। सो वेभसाइटले सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको मसिन खरिदका प्रसंगमा ७० करोड बार्गेनिङ्ग गरेको त्यसका सम्पादक अजयबाबु शिवाकोटीको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।

अडियो सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित