श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

President-bidhya-bhandari-srilanka

१ जेठ, क्यान्डी (श्रीलङ्का) । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताएका छन ।

श्रीलङ्काको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी आवासमा चियापान आयोजना गर्नुभएको समारोहमा राष्ट्रपति श्रीसेनाले सो वचन दिएका हुन ।

यसअघि राष्ट्रपति भण्डारीको स्वागत गर्दै श्रीलङ्काका राष्ट्रपति श्रीसेनाले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अझ व्यापक र प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दुवै देशमा दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उनले राष्ट्रपति श्रीसेनालाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।

समारोहमा श्रीलङ्काका न्याय तथा बुद्ध शासनमन्त्री डा विजेयादास राजपक्ष, साना उद्योगमन्त्री दया गामागे र वैदेशिक रोजगारमन्त्री तालता अतुकोरल, उपविदेशमन्त्री डा हर्ष डेसिल्भा र केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेलगायत उच्चपदस्थ सरकारी अधिकारीको सहभागिता थियो ।

त्यस्तै सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायत भ्रमण टोलीका सदस्यको सहभागिता थियो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेले उपहारस्वरुप चाँदीका कलात्मक सामग्री प्रदान गरे । त्यसपछि राष्ट्रपति भण्डारी क्यान्डीबाट श्रीलङ्काली वायुसेनाको हेलिकप्टरबाट कोलम्बो आइपुगेकी छन । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने