श्रीमानको हत्या गरेको आरोपमा श्रीमति पक्राउ

७ कात्तिक, भक्तपुर : कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ ।

सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो ।

प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उनको मृत्यु भएको खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमान्लाई कोठामा राखेर आगो लगाई फरार भएको प्रहरीको भनाइ छ ।

अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।

आगलागीमा परेका नेपालको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा लग्दा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ