श्रीमतीबीचको सम्पत्ति विवाद : चार जनाको सामूहिक हत्या

साउन ७,काभ्रे– पत्याउनै नसकिने घटना । एउटै परिवारका  वा आत्महत्या ? प्रश्न अनुत्तरित छ ।  तर पनि घटना हुनुका प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछ । बनेपास्थित नयाँ बसपार्कमा शुक्रबार राति निकै भिडभाड थियो । एउटै परिवारका चार जना सदस्यको रहस्यमय मृत्युले आमसर्वसाधरण बनेपा बसपर्कमा थुप्रिएका हुन् । कारण एकै  परिवारका चार जनाको मृत्युको कारण केहो भन्ने जान्न। रातभर सर्वसाधरण जागा रहे, प्रहरी अनुसन्धानमा लागिसकेको छ । तर घटनाको चुरो अझैं आउन सकेको छैन ।  

एकै परिवारका बावु ,आमा छोरा र छोरीको मृत्यु भएपछि अहिले dsc08514_n0ZDSjTr9E
बसपार्क हजारौको संख्यामा सर्वसाधरण झुम्एिका छन् । स्तब्ध बनेका छन् । 

शुक्रबार राती एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रीमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए ।

भित्रबाट सटर बन्द गरी ताल्चा लगाइएको सटर मुन्तिर प्रहरीले सिसा फुटेको देखेपछि सटर फुटाई हेर्दा सटर भित्र मृत अवस्थामा एकै परिवारका चार सदस्य मृत भेटिएका थिए । घटनामा सेल्फस विष प्रयोग गरिएकोले अत्यन्त्रै दुर्गन्धित छ । तिन वटा शव भूईँमा पल्टिएका अवस्थामा भेटिएको थियो भने एउटा शव (छोरीको) खाना खाने बेन्चमै छ । होटलका सर सामान सामान्य अवस्थामै देखिन्छ तर चार जनाको ज्यान गएको घटनाको चुरो कुरा अहिलेसम्म आउन सकेको छैन ।  
शनिवार विहानदेखि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोली नै  आएर घटनाको अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा