श्रावणको मासिक राशिफल ,२०७४

श्रावण महिनामा सूर्यले कर्कट राशिमा भ्रमण गर्दछन् । अन्य ग्रहहरूमध्ये सुरुमा कर्कट राशिमा रहेको बुध ग्रह ०६ गते दिउँसो सिंह राशिमा प्रवेश गरी पूरै महिना सिंह राशिमा नै रहे पनि २१ गतेपछि बुधको गतिमा बक्रता आउने सङ्केत छ । त्यस्तै मङ्गल ग्रह यो महिनाको पूरै अवधि कर्कट राशिमा नै रहने देखिन्छ, अनि बृहस्पति ग्रह पनि महिनाभरि कन्या राशिमा नै रहने छ ।

rashifal-Horoscope-Astrology-Venus-retrograde-Margie-news-in-hindi-108089

त्यस्तै बक्री अवस्थामा रहेको शनिश्चर ग्रहले पूरै महिना बृश्चिक राशिमा उपस्थिति जनाउने छ । उता बृष राशिमा विचरणशील शुक्र ग्रह १० गतेपछि मिथुन राशिमा पुग्ने देखिन्छ । राहु र केतु ग्रहले आगामी १९ महिनाका लागि राशि परिवर्तन गर्दैछन् । सुरूमा क्रमशः सिंह र कुम्भ राशिमा रहेका राहु र केतु २१ गतेपछि क्रमशः कर्कट र मकर राशिमा विचरण गर्नेछन् । समग्र ग्रहगोचरको मूल्याङ्कन गर्दा मिथुन लग्नमा सङ्क्रान्ति परेको तथा लग्नेश बुध ग्रह भएकाले सकारात्मक र सामान्य झैं लागे पनि आइतबार परेको सङ्क्रान्तिका कारण केही अशुभ फल प्राप्त हुने भएकाले यो महिना मिश्रित प्रभावकारी रहने सङ्केत छ । जनतामा निराशा र कष्ट हुनेछ, महामारी र रोगव्याधिको प्रकोप बढ्न सक्छ ।

लडाइँ, झगडा र द्वन्द्वको सम्भावना देखिन्छ । आपराधिक घटनाको बिगबिगी हुनेछ । खाद्यपदार्थको अभाव हुनाले दुर्गम क्षेत्रमा भोकमरीको सम्भावना हुन्छ । निरन्तर वर्षा हुनाले बाढीपैह्रोका कारण धनजनको क्षति हुनेछ । सरुवा रोग बढ्ने छ भने सवारी दुर्घटनाको प्रकोप पनि उत्तिकै छ । राजनैतिक वृत्तमा सामान्य रहे पनि महिनाको अन्त्यतिर सरकारले अप्रिय काम गर्नसक्ने भएकाले दलहरूका बीचमा खिचातानी बढ्न सक्छ । वित्तीय क्षेत्र सन्तोषजनक रहने छ ।

२०७४ श्रावण महिनाको मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
श्रावण महिनामा तपाईंको राशिबाट चौथो भावमा सूर्यले प्रवेश गर्नेछन् । बुध ग्रह र राशिस्वामी मङ्गल पनि साथैमा रहेकाले यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ । उता छैटौं भावमा रहेको भाग्येश बृहस्पतिले पनि सकारात्मक फल प्रदान गर्न कन्जुस्याइँ गरेको हुँदा समग्रमा राम्रो महिना देखिंदैन । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । स्वास्थ्य सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । खास गरी यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, १९, २७ र २८ गते तपाईंले अत्यधिक सचेत रहनु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तृतीय भावमा सूर्य, मङ्गल र बुध रहेको तथा आफ्नै राशिमा राशिस्वामी शुक्रको उपस्थिति भएकाले तपाईंका लागि सकारात्मक समय सुरु भएको छ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । लग्नमा रहेको राशिस्वामीको प्रभावले सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ । भाग्येश शनि बक्री रहेकाले सानातिना रोगले अस्वस्थ तुल्याउन सक्छ, सचेत हुनुपर्छ । विशेषतः यस महिनाको ०२, ०३, १०, ११, १२, १९, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनस्थानमा सूर्य र मङ्गलको उपस्थिति सकारात्मक होइन । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनु पर्ने बाध्यता हुनसक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । आर्थिक दृष्टिले लाभदायी समय रहनेछैन, कुनै ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर हुन्छ । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले तनाव बढ्नसक्छ । तर अत्तालिई हाल्ने परिस्थिति पनि छैन, दोस्रो भावमा नै राशिस्वामी बुधको उपस्थिति भएकाले व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । तर २१ गतेपछि बुध बक्री हुने हुँदा सचेतता अपनाएको राम्रो हो । सामान्यतया यस महिनाको ०४, ०५, १२, १३, १४, २२, २३, २४, ३१ र ३२ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नै राशिमा सूर्यको आगमन भएकाले यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनु हुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । त्यस्तै पञ्चमेश मङ्गल पनि राशिमा नै छ, अतः यसको प्रभावले मिश्रित परिणाम प्राप्त हुनेछ । इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । भाग्येश बृहस्पति तृतीय भावमा रहेकाले सामाजिक सम्मान प्राप्त हुनेछ । वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । तर पाँचौं भावमा रहेको बक्री शनिले गलत विचार वा कार्यमा संलग्न हनुपर्ने बाध्यता आउन सक्छ, सचेत हुनुपर्छ । सामान्यतया यस महिनाको ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राशिस्वामी सूर्यका साथमा राज्येश बुध र भाग्येश मङ्गल बाह्रौं भावमा रहनु तपाईंका लागि नकारात्मक पक्ष हो । यतिवेला क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । पञ्चमेश बृहस्पति दोस्रो भावमा रहेकाले केही सकारात्मक फल मिल्नेछन्, तर यो महिनाको अधिकतम समय राम्रो रहने छैन । खास गरी यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, १९, २७ र २८ गते तपाईंले अत्यधिक सचेत रहनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राशिस्वामी बुधका साथमा मङ्गल र सूर्य ग्रह राज्यस्थानमा विचरणशील रहेकाले यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस अवधिमा आएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । प्रणय सम्बन्धका निमित्त राम्रो समय छ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । तर पञ्चमेश शनि बक्रताका साथमा तृतीय भावमा रहेकाले व्यक्तिगत स्वास्थ्यप्रति सचेतता अपनाएको राम्रो हुनेछ । सामान्यतया यस महिनाको ०२, ०३, १०, ११, १२, १९, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । दसौं भावमा सूर्यको प्रवेश भएकाले यस समयमा व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । द्वितीयेश मङ्गल पनि कर्मस्थानमा नै रहेकाले विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । भाग्येश बुधको प्रभाव पनि राम्रै देखिन्छ, वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । उता राशिस्वामी शुक्र अष्टम भावमा स्वगृही भएर बसेकाले अचानक धनलाभ हुने सम्भावना छ, तर खर्चको मात्रामा पनि बृद्धि हुनेछ । महत्त्वपूर्ण काम गोपनीय ढंगले गरेको जाति हुन्छ । यस महिनाको ०४, ०५, १२, १३, १४, २२, २३, २४, ३१ र ३२ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राशिस्वामीका साथमा भाग्यस्थानमा सूर्य र बुध ग्रह बसेकाले यस महिनामा राम्रा प्रतिफलहरू प्राप्त हुनेछन् । घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ । दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । उता राज्यस्थानमा रहेको पञ्चमेश बृहस्पतिको प्रभावले दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । सामान्यतया यस महिनाको ०६, ०७, १५, १६, १७, २४, २५, २६,  गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अष्टम भावमा रहेका सूर्य र पञ्चमेश मङ्गलको प्रभावले अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ, त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्य प्रतिकूल रहने छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हो । राशीपति बृहस्पति कर्मक्षेत्रमा रहेको हुँदा केही आशावादी हुने ठाउँ पनि देखिन्छ । व्यापार वा नोकरीमा गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । खास गरी यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, १९, २७ र २८ गते तपाईंले बढी सचेतता अपनाउनु आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाग्येश बुध सातौं भावमा रहेकाले महिनाको २१ गतेसम्म राम्रो परिणाम प्राप्त हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । किनमेलका क्षेत्रबाट लाभ प्राप्त हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनेछ । तर सूर्य र मङ्गल ग्रह पनि सातौं भावमा नै रहेको तथा राशिस्वामी शनि बक्री हुनाले मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना पनि छ । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । यस महिनाको ०२, ०३, १०, ११, १२, १९, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । षष्ठम भावमा रहेका सूर्य, मङ्गल र बुधको प्रभावले धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । भाग्येश शुक्र केन्द्रवर्ती रहेकाले बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । तर राशिस्वामी बक्री भएकाले क्रोध, अहंभाव र उन्मादमा नियन्त्रण गर्नु राम्रो हुन्छ । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, १२, १३, १४, २२, २३, २४, ३१ र ३२ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । भाग्येश मङ्गल पाँचौं घरमा रहेको हुँदा छोराछोरीका तर्फबाट सन्तुष्टि प्राप्त हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । एउटा स्मरणीय यात्रा हुने सङ्केत पनि छ । राशिस्वामी बृहस्पति सातौं भावमा रहेकाले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । मन निडर रहने छ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । विद्वानसित सम्पर्क बढ्ने छ । सामान्यतया यस महिनाको ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द