शुक्रबारबाट मौसममा सुधार हुँदै

mausam_gGUiMM7KAQ (1)

साउन ९,काठमाडौँ – मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो ।

मौसमविद् मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने सङ्केत देखिएको उनले स्पष्ट पारिन् ।

वर्षा न्यूून हुँदै गए पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने क्रम निरन्तर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा जारी छ । आगामी तीन दिन यी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावनासमेत औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी