शहरमा स्कुटी बन्दैछ साझा साधन

१६ असोज, काठमाडौं । लैनचौरका रेमोन श्रेष्ठले यो दशैंमा झण्डै दुई लाख खर्चिएर स्कुटी किने । उनी स्कुटर परिवारको आवश्यकता र आफ्नो सोख भएको बताउँछन् ।

उनकी आमा घरमै किराना र तरकारी पसल चलाउँछिन् । ‘बिहान कालीमाटी गएर तरकारी यसैमा ल्याउन मिल्छ,’ श्रेष्ठ भन्छन्, ‘घरबाट कतै निस्किँदा हेभी बाइकभन्दा यो सजिलो पनि छ । पसललाई चाहिने सामान ल्याउन पनि सजिलो हुन्छ ।’

आजभोलि शहरीया युवा स्कुटरलाई सामान्य सवारी भनेर ‘डोमिनेट’ गर्दैनन् । बरु, यसलाई फेसनकै एउटा पक्षका रुपमा शहरीया वर्गले स्वीकार्दै गएको देखिन्छ ।

यसको बहुउपयोग र सरलताले नै धेरैलाई तानिरहेको छ ।

बानेश्वरकी सरला थापा विगत तीन वर्षदेखि स्कुटर प्रयोग गरिरहेकी छन् । उनी आफ्नो स्कुटर परिवारकै ‘सवारी’ बनेको बताउँछिन् ।

‘काम पर्दा घरका सबैले चलाउँछौं, ससुरा बुवालाई पनि यही सजिलो लाग्छ,’ उनी भन्छिन्, ‘देवरबाबु पनि सिटीभित्र हिँड्दा मोटरसाइकल छाडेर यही लिएर जानुहुन्छ । सजिलो छ नि त !’

उनले भनेजस्तै आजभोलि पुरुषहरुमा पनि पनि स्कुटरमा ‘क्रेज’ देखाउँछन् । यसको ‘मल्टी युटिलिटी फिचर्स’ नै सबैको ध्यान तान्ने कारण बनेको छ ।

अहिले सबै वर्ग र उमेरका व्यक्ति स्कुटर चढ्छन् । पछिल्लो समयमा त झन् मोटरसाइकल बेचेर स्कुटर राख्ने युवा पनि भेटिन थालेका छन् ।

बाइक छाडेर स्कुटरमा हुँइकिने युवाको संख्या शहरमा बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पछिल्लो समय बाइकभन्दा स्कुटरको माग दर बढ्दो छ ।

होन्डाले एक वर्षमा नेपालमा बिक्री गर्ने दुईपांग्रे सवारीमध्ये ६५ प्रतिशत स्कुटर हुन्छन् ।

गत आर्थिक वर्षमा दुई लाख ६७ हजार बाइक र स्कुटर भित्रिएका थिए । यो संख्या कुल सवारी आयातको करिब ७८ प्रतिशत हो ।

विभागले स्कुटरको छुट्टै तथ्यांक राख्ने गरको छैन । यद्यपि, उक्त दुईपांग्रेको आयात उकालो लागेको सानाठूला सवारी कार्यालय वागमतीका प्रमुख वसन्त अधिकारी बताउँछन् ।

महिलाबाट पुरुषतिर

केही समय अघिसम्म स्कुटर महिलाले चढ्ने सवारीका रुपमा लिइन्थ्यो । तर, बदलिँदो समयले प्रयोगकर्ता विस्तार भएका छन् । अहिले महिलाभन्दा बढी पुरुष चालक देखिन्छन्, स्कुटीका ।

त्यही कारण हो, स्कुटीहरुको नि स्टाइलिस स्वरुप देखिन थाल्नुको । चलाउन सजिलो र देख्दा फेसनेबल भएपछि प्रयोगकर्ता बढ्नु स्वाभाविकै हो ।

पुरुष प्रयोगकर्ता बढेपछि कम्पनीहरुले क्लासिक तथा स्पोर्टी लुक्सका स्कुटर बजारमा ल्याइरहेका छन् । आकर्षक मोडलमा नयाँ-नयाँ कम्पनीले स्कुटर भित्र्याएसँगै यो सहरी जीवनको महत्वपूर्ण हिस्सा बनिरहेको छ ।

‘मोटरसाइकल प्रायः पुरुषको साधन मानिन्छ,’ यामाहाको बिक्रेता एमएडब्लु इन्टरप्राइजेजकी सेल्स म्यानेजर जीना गुरुङ भन्छिन्, ‘तर, स्कुटर सबैका लागि उपयोगी हुनेे भएकाले पुरुष पनि आकर्षित हुन थालेका छन् ।’

परिवारको साझा साधन

स्कुटरले ‘फेमिली ट्रान्सपोर्टेसन’कै रुप पाएको छ ।

बिहानभर छोराछोरीले कलेज लिएर जाने स्कुटर दिउँसो अभिभावकले अफिस पुर्‍याउँछन् । बढी वजन र चलाउँदा नियन्त्रण गर्न समस्या हुने भएकाले सन्तानका लागि मोटरसाइकल किनिदिन अभिभावकहरु हतपति तयार हुँदैनन् ।

स्कुटरमा भने अभिभावकको सकारात्मक नजर छ ।

पछिल्लो समय विवाहित दम्पत्तीको एउटै रोजाइ स्कुटर हुन थालेको व्यवसायीको भनाइ छ । बाइक र स्कुटर दुवै खरिद गर्न नसक्नेहरुले साझा प्रयोगका लागि स्कुटर किन्ने गरेको उनीहरुको भनाइ छ ।

सार्वजनिक यातायातको विश्वसनीयता बढ्न नसकेका कारण निजी सवारीप्रति आकर्षण बढेको देखिन्छ । त्यसमा स्कुटरले महत्वपूर्ण स्थान बनाउँदैछ ।

सरल साधन

स्कुटर चलाउन सजिलो हुन्छ । सामान राख्न मिल्ने हुँदा पनि स्कुटरका ग्राहक बढेका छन् । ‘मल्टी युज’कै कारण आकर्षण बढेको होन्डाको स्याकार ट्रेडिङका मार्केटिङ प्रतिनिधि बताउँछन् ।

पार्किङस्थलमा राखिएका मोटरसाइकलबाटै हेलमेट, रेनकोट, पञ्जा हराउने समस्या छ । स्कुटरमा भने सामग्री सिटमुनि सुरक्षित राख्न सकिन्छ ।

बजारमा प्रतिस्पर्धा

अधिकांश कम्पनीले स्कुटर भित्र्याउन जोड दिइरहेका छन् । यस वर्ष मात्रै पाँच वटाभन्दा बढी नयाँ मोडेलका स्कुटर नेपाली बजारमा आएका छन् ।

अहिले बजारमा आकर्षक डिजाइनमा उच्च प्रविधियुक्त स्कुटरहरु रोजी-रोजी किन्न पाइन्छ । दुईपांग्रे सवारी उत्पादक कम्पनीहरु राम्रा-राम्रा स्कुटर बजारमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । डिजाइनमा बाइकलाई चुनौति दिने स्कुटर बजारमा उपलब्ध हुन थालेका छन् ।

नेपालमा होन्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्द्रा, भेस्पा, युएमलगायत कम्पनीका स्कुटर बिक्री हुँदै आएका छन् । इलेक्टि्रक स्कुटर व्यापार पनि उकालो लाग्ने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने