शनिवारको दिन यी ७ वस्तुको किनबेच गर्नाले शनिदेवको दृष्टि परि अशुभ हुन्छ

IMG_20170310_224547काठमाडौँ। हप्ताको सातै दिन मध्येमा शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ। अनि यो दिनमा कोहि घरमै बसेर आराम गर्छन्, कोहि चाहिँ आफ्ना घर९परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्न निस्कन्छन् भने कोहि चाहिँ सपिङ्ग गर्न बजार चहार्छन्। धार्मिक तवरले हेर्ने हो भने, शनिवारको दिनलाई श्रीरामभक्त९पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ। हुन त शनिवारको दिन नै बिदा मिल्ने हुनाले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन्। शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै९कुनै निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनिचालिसामा उल्लेख गरिएको छ। आउनुहोस्, जानौँ कुनकुन सामानको खरीदबिक्रि गर्दा शनिदेवको दृष्टि परि तपाईँलाई अशुभ हुन्छः के मानिन्छ भन्दा, शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ। त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन। शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ। यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस्, किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ। तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ। घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस्। यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ। कैँचीको काम भनेको कि काट्ने हो। त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ। शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला। र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ। तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस्। यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधाअड्चन आइपर्ने सम्भावना बढ्दछ। कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ। त्यसैले शनिदेवको पूजाआरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ। तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ। पढाई९लेखाई सम्बन्धी जुनकुनै सामानहरू हुन्छन् ९कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि।०, शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी९कलम किन्न नलगाउनुहोला। यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको विहिबारको दिन हो। बाट साभार गरिएको।

१ फलामको वस्तु

२ तेल

३ नुन

४ कैँची

५ कालो तिल

६ कालो रङ्गको जत्ता–चप्पल

७ विद्यासाधन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित