September 2, 2020

व्यवसायीको माग गरे निषेधाज्ञा फिर्ता गर

melamchi-aandolan

सरकारले बन्दावन्दीको अवस्थामा कर मिनाह नगर्ने, खानेपानी टेलिफोनमा सहुलियत नदिने हुँदा उद्योगीहरु थप गरिएको निषेधाज्ञा धान्न नसक्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनले अहिलेको परिस्थितीमा विकल्प विनाको लकडाउन वा निषेधाज्ञालाई निरन्तरता दिन नसकिने प्रस्टाए । त्यसैगरि, उद्योगीहरुले अहिलेको अवस्थामा उद्योग, व्यापार व्यवसाय क्षेत्र पूर्ण रुपमा बन्द गर्नुपर्ने वा निषेधाज्ञा उल्लंघन गर्ने अवस्था सृजना भएको बताएका छन् ।

निषेधाज्ञा अन्त्य गर्दै नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको मापदण्ड अनिवार्य पालनाको अनुगमनसहित उद्योग व्यापार सहज रुपमा चलाउने वातावरण तयार गर्नुपर्नेमा विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जोड दिए । यसका लागि आफै व्यवसायीहरुसमेत सतर्क र मापदण्ड पालना गर्नेतर्फ उन्मुख हुनुपर्नेमा उनको भनाइ छ ।

निषेधाज्ञा महामारी नियन्त्रणको विकल्प नभएको जनाउँदै उद्योगीहरुले यसक्रममा उद्योग व्यवसाय बन्द हुँदा कर्मचारी, श्रमिक, प्राविधिकको व्यवस्थापन गर्न समस्या, बैंकको ऋण, ब्याज किस्ता, विमा प्रिमियम, घर बहाल, तिर्न सकस परेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि भदौ २२ गतेसम्मका लागि परिमार्जनसहित निषेधाज्ञालाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्