२०७६ माघ ३ ,काठमाडौं। सपरिवार त्रिशूलीमा हाम्फालेर आत्महत्याको प्रयास गरेर बाँचेका विनय लामिछानेले व्यवसायमा घाटा र ठूलो परिमाणम ऋण लागेपछि आत्महत्याको प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले सपरिवार मर्ने प्रयास गरेको बताए ।
उनले श्रीमती २८ वर्षकी जमुना रेग्मी लामिछाने, २ वर्ष र ६ महिनाका दुई छोरासहित धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट बिहीबार साँझ हाम्फालेका थिए । उनलाई स्थानीयले जीवितै उद्धार गरेका थिए । उनकी श्रीमतीको शव भेटिएको छ भने दुई नाबालक छोरा बेपत्ता छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका नगरपालिका–५ थानकोट निवासी विनय लामिछानेको घरमा सुसाइड नोडसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्त डिएसपी खगेन्द्र खड्काले सुसाइड नोट भेटिएको पुष्टि गरे ।
‘सुसाइड नोटमा उनले आफूले तिर्नुपर्ने ऋणको सबै विवरण समेत लेखेका छन् । लेखिएको ऋण डेढ–दुई करोडजति नै छ’ डिएसपी खड्काले डिसीनेपालसँग भने ‘एकै जनालाई ५० लाखसम्म तिर्नुपर्ने समेत छ ।’
अहिले गजुरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका लामिछानेले अनलाइन बिजनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताए ।
लामिछानेको कमोडिटी अनलाइन बिजनेस छ जसमा उनलाई ठूलो घाटा भएको थियो । अनुसन्धान जारी भएकोले अहिले नै सबै कुरा खुलिनसकेको डिएसपी खड्काले बताएका छन् । अहिले वर्षा भइरहेको तथा त्रिशूली नदीको पानी धमिलो भएकाले दुई बच्चाको खोजी गर्न गाह्रो भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ