वैशाख ३१ को चुनाव सर्दैन : प्रधानमन्त्री

Prachanda-Address-to-People-1-768x447२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनपनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको दाबी गरेका छन् । साथै केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नु परेपनि सरकार तयार रहेको बताए ।

संसदको सुशासन समितिको बैठकमा उपस्थित प्रधानमन्त्री प्रचण्डले सकेसम्म सबैको भावना समेट्ने गरी संविधान संशोधनको दोस्रो विधेयक अघि बढाइएको बताए ।

उनले बैशाख ३१ को चुनाव नसर्ने प्रष्ट पारे । तराई मधेसमा स्थानीय तहको संख्या केही बढाउन स्थानीयविकासमन्त्रीको नेतृत्वमा समिति बनाएको भन्दै उनले अघि भने, थपिने ठाउँमाकेही दिन ढिलो भएपनि ३१ को चुनाव सदैन ।’

सकेसम्म देशभर एकै चरणमा चुनाव गर्ने सरकारको प्रयास रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोर्चाबाट केही जिल्लामा एक-दुई हप्तापछि गर्नु पर्ने अवस्था आए सरकार तयार छ । चुनावमा सबैलाई समेट्नु बढी महत्वपूर्ण छ ।’

बैशाख ३१ गते पहिलो चरण भएर दोस्रो चरण ८/१०/१५ दिनपछि हुन्छ भने त्यो राष्ट्रको हितमा हुन्छ भन्ने सरकारको बुझाइ रहेको उनले बताए ।

उपप्रधानमन्त्री थापा नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेपछि दुई चरणको चुनाव अन्तिम टुंगो लाग्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी