वैशाखभित्रै ७६ मेगावाट विद्युत्

चरीकोट,वैशाख १ गते । नयाँ वर्ष २०७८ का अवसरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले देशवासीलाई उपहारस्वरूप ७६ मेगावाट विद्युत् दिने भएको छ ।
१० वर्षदेखि दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले वैशाखभित्र पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन थाल्ने बताइएको छ । हाल आयोजनाको मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युत् गृहलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो मेकानिकल उपकरणको समेत प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । त्यस्तै बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनाका सिभिल र मेकानिकलतर्फका सानासाना काम भइरहेको र माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङ बीच भागमा राखिएको अन्तिम पेनस्टक पाइपको जडान कार्य भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ, त्यसको परीक्षण र पेन्टिङको काम आगामी वैशाखको १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ । हाल हाइड्रो मेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी रहेको र सो काम भइरहेको छ ।
यी सबै काम वैशाख १५ गतेसम्म सम्पन्न गरेपछि मुख्य सुरुङमा पानी हाली प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी भर्ने क्रममा सिभिल र हाइड्रो मेकानिकल संरचनामा कुनै जटिल समस्या नआएमा सातदेखि नौ दिनभित्र परीक्षण कार्य सम्पन्न गरिने बताउँदै उहाँले भन्नुभयो, मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका छवटा टर्वाइन र छवटा जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।
यसक्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । आयोजनामा ७६÷७६ मेगावाटका छवटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन हुने उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेमा आशावादी रहेको बताउनुभयो ।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल लट–२ ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले आयोजना निर्माणमा ढिलाइ भएको थियो । भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजना निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।
८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ । २०६७ भदौबाट मुख्य सिभिल निर्माण कार्यको सुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्य वृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ८४ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द