वीरगञ्जमा बाघको आक्रमणबाट चार प्रहरीसहित नौ जना घाइते

माघ २५ ,पर्सा– पर्साको लखनपुर र रामनगरी गाविसमा बाघको आक्रमणबाट चारजना प्रहरीसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई प्रहरी र दुई स्थानीय गरि चार जनाको अवस्था गम्भिर छ । आज बिहान लखनपुरको एकडरवा गाविसस्थित गहँु बारीमा अचानक देखा परेको बाघलाई हेर्न गएका स्थानीयवासीलाइ बाघले आक्रमण गरेपछि बचाउन गएका प्रहरीहरुलाइ पनि बाघले आक्रमण गरेको हो ।tiger-attack-birgunj-768x454

बाघको आक्रमणबाट इलाका प्रहरी कार्यालय कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाह, प्रहरी जवान वेदबहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक अरुण कुमार झा र प्रहरी हवल्दार दिपेन्द्र यादव, पर्साको लखनपुर गाविस वडा नम्बर ९ का १८ वर्षिय मोतीलाल यादव, रामनगरी ७ का ४८ वर्षीय महेन्द्र सहनी ,लखनपुर ८ एकडरवा निवासी ४८ वर्षिय आसमन राउत कुर्मी , त्यही ठाँउका १८ वर्षिय तुफान कुर्मी र रामनगरी २ का ६० वर्षिय रघुवीर साह कानु् घाइते भएका हुन् ।
घाइतेमध्ये प्रहरी निरिक्षक शाह, प्रहरी सहायक निरिक्षक झा , लखनपुरका मोतीलाल र रामनगरीका रघुवीरलाइ थप उपचारका लागि नेपाली सेनाको एन.ए ०५३ हेलिकप्टरबाट काठमाण्डौ पठाएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिए ।

अन्य घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने बाघलाइ प्रहरीले गोली हानेर मारीसकेको पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

लखनपुरको एडरवास्थित खेतमा बिहान अचानक बाघ देखिएपछि हेर्न गएका गाँउलेहरुलाइ बाघले आक्रमण गरेको र त्यहाँबाट भागेको बाघले रामनगरीमा पनि पुगेर स्थानीयवासी र प्रहरीहरुलाई आक्रमण गरि घाइते बनाएको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने