September 19, 2017

विश्वलाई नै उत्तर कोरियाको कडा चेतावनी

३ असोज, एजेन्सी : उत्तर कोरियाले विश्व समुदायको प्रतिबन्ध र ब्यापक दबाबका सामू कुनै हालतमा नझुक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लगाएको नयाँ प्रतिबन्धबारे औपचारिक प्रतिक्रिया दिँदै उसले प्रतिबन्धले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेको हो ।

images (1)

उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्ध र दबाबले आफ्नो परमाणु कार्यक्रमलाई थप गति प्रदान गर्ने बताएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

उत्तर कोरियासँगको तनाव बढिरहेका बेला यसअघि हिजो अमेरिकाले कोरियाली बम वर्षक विमान पठाएको थियो ।

उसले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । हिजो चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु बी वान बी नामक अमेरिकी रणनीतिक बम्बर्सक विमान कोरियाली प्रायद्वीपमाथि उडेका योन्ह्यापले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण