विर्तामोडमा लगाइएको कफ्र्यू हटाइने

११ कात्तिक, काठमाडौं : झापाको अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शनले शुक्रबार हिंसात्मक रुप लियो । प्रदर्शनका क्रममा एकजना आन्दोलकारीले ज्यानसमेत गुमाउनुपर्‍यो । आन्दोलनकारी र प्रहरी दुवैतर्फबाट ४० जना घाइते भए । एकको अवस्था गम्भीर छ ।

Birtamod-kanda

शुक्रवार झापामा प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा छ का नरेश थापाको परिवारलाई सरकारले दश लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

आज विर्तामोडमा भएको सर्वपक्षीय बैठकले परिवारलाई दश लाख आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयलाई सिफारिस गर्ने सहमति गरेको हो । राजनीतिक दल,पीडित पक्ष, जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले मृतक थापाकी पत्नीलाई अर्जुनधारा नगरपालिका कार्यालयमा रोजगारी दिने, घाइतेको उपचार सरकारी पक्षले गर्ने सहमति पनि गरेको छ ।

साथै शंकास्पद मृत्यु भएका बालक लक्ष्मण सिवाकोटी शिवाकोटीको बारेमा प्रभावकारी अनुसन्धान गर्ने सहमति पनि बैठकमा जुटेको छ । छलफलमा शुक्रवारदेखि विर्तामोडमा लगाइएको कफ्र्यू पनि हटाउने सहमति भएको छ । सर्वपक्षीय बैठकले थापाको परिवारलाई तत्काल जिल्ला समन्वय समितिले २५ हजार, बिर्तामोड नगरपालिकाले २५ हजार र बिर्तामोड उद्योग वाणिज्य संघले १० हजार राहत दिने निर्णय पनि गरेको छ ।

घटनामा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार सिलवालले अनावश्यक बल प्रयोग गरेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने सहमति पनि भएको छ ।

स्थानीय प्रशासनले उनलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएको छ । यसैबीच, गृहमन्त्रालयले विर्तामोड गोलीकाण्डको छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन सुझावसहित प्रतिवेदन पेश गर्ने गरी गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति पनि झापा पुगेर गोलीकाण्डको छानविन शुरु गरेको छ । समितिलाई सात दिनभित्र घटनाको छानविन गर्ने समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी