आइपिएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन यसपाली औसत छ। उनको टोली रोयल च्यालेञ्जर्स बेङ्लोरले पनि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। त्यही पनि विराटको चर्चा बलिउड नायिका अनुष्का शर्माको प्रेम प्रसंगका कारण निकै चुलिएको छ।
विराटले अहिले जुन स्टाइलको दाह्री पालेका छन्, यसमा अनुष्काको भूमिका ठूलो रहेको बताइन्छ।
विराटले आफ्नो नयाँ लुक सोशल मिडियामा पोस्ट गर्दै अन्य खेलाडी हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र रोहित शर्मालाई ट्याग गर्दै लेखेका छन्, ‘माफ गर केटाहरु, अहिले म आफ्नो दाह्री काट्न सक्दिनँ।’
यस्तैमा अनुष्काले विराटको फोटोमा कमेन्ट गरेकी छिन्, ‘तिमी गर्न सक्दैनौँ।’ र, अन्त्यमा उनले नाईको संकेत भएको इमोजी पोस्ट गरेकी थिइन्।
अनुष्काको यो कमेन्टमा विराटले पनि लेखेका छन्, ‘ठिकै छ, अब विराट कोहलीको असली हेयर स्टाइलिस्ट अनुष्का शर्मा नै हुन्। र, अनुष्कालाई नसोधी आफ्नो दाह्री पनि बनाउन सक्दैनन्।’
उनीहरुको यो संवादमा ७ लाखभन्दा बढी व्यक्तिले कमेन्ट गरेका छन्। विराटले अनुष्कासँगको सम्बन्धलाई उजागर गरे पनि बलिउड नायिकाले भने सार्वजनिक रुपमा स्वीकार गरेकी छैनन्। त्यसैले उनीहरुको पछिल्लो संवादले सबैलाई कौतुहल बनाएको छ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने