विराटनगर विमानस्थल अझै जलमग्न

विराटनगर, कात्तिक ५ गते । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।
भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि यहाँबाट हुने हवाई सेवा सुचारु हुन केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले छिटोमा आगामी शनिबारदेखि मात्र हवाई सेवा सुचारु हुन सक्ने विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो ।
हिजोदेखि वर्षा रोकिए पनि डुबानको क्रममा जम्मा भएको पानीको सहज निकास हुन नसकेका कारण समस्या रहेको उहाँको भनाइ छ । हवाई उडान र अवतरण कहिलेबाट नियमित हुने टुङ्गो नभए पनि मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गए शनिबारदेखि हवाई सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।

विमानस्थल पूर्ण रूपमा डुबानमा परेपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका छन् ।
विराटनगर विमानस्थलबाट दैनिक रूपमा काठमाडौँका लागि बुद्ध एयरले नौ, यती एयरलाइन्सले पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार–चार र गुण एयरले एकवटा उडान गर्दै आएका थिए । डुबानका कारण दैनिक रूपमा हुने करिब २५ वडा उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।
विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेको सौर्य एयरका स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)