१५ वैशाख ,काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन्। स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको थियो।फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
१ नम्बर समूह अन्र्तगतको कामका लागि प्राधिकरणले ५.८ मिलियन डलर भित्र काम गर्ने गरी बोलपत्र आह्वान गरेको थियो। यसैगरी दुई नम्बर अन्र्तगतको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि पनि १९ वटै कम्पनीले फारम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेको श्रेष्ठले जानकारी दिए। यसमा कन्टिच लुम्बिनी जेभी, सांघाइ कस्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले मात्रै टेन्डर दाखिल गरेका छन्। २ नम्बर अन्र्तगतको कामका लागि प्राधिकरणले ७ मिललियन अमेरिकी डलरको भित्र काम गर्नेगरी बोलपत्र आह्वान गरेको थियो।
यसैगरी ३ नम्बर अन्तर्गतको वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायत कामका लागि भने कुनै पनि कम्पनीले टेन्डर दाखिल नगरेको उनले जानकारी दिए। टेन्डर आह्वान भएपछि फारम लैजाने आठवटा कम्पनी थिए। ३ नम्बर अन्र्तगतको कामका लागि भने १.८ मिलियन अमेरिकी डलरको सिमा तोकेको थियो। अब पुनः प्राधिकरणले यसका लागि टेन्डर आह्वान गर्नेछ। १ नम्बर र २ नम्बर अन्तर्गतको काम गर्न टेन्डर दाखिल गर्ने कम्पनीका विषयमा अहिले प्राधिकरणले टेन्डर मूल्यांकन गरिरहेको छ।
अबको १५ दिन भित्रै नै फानल हुने श्रेष्ठले जानकारी दिए। प्राधिकरणले टेन्डर फारम लिँदा रकम र्फिता नहुने गरी १ र २ नम्बरका लागि २२ हजार ६ सय रुपैयाँ र तीन नम्बरका लागि ११ हजा तीन सय रुपैयाँ लिएको थियो। विमानस्थल विस्तारका लागि प्रस्ताव पेस गर्ने सांघाई कन्स्ट्रक्सनले भने अहिले कंलकी–कोटेश्वर खण्डको १० किलो मिटर सडक आठ लेन बनाउने काम गरिरहेको छ। साञ्जोसेले तोकिएको समयमा काम गर्न नसकेपछि प्राधिकरणले मंसिर २४ सम्झौता रद्द गरेको थियो।
सम्झौता रद्द गरे पनि प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम एउटै समूहमा एउटै कम्पनीले मात्र गर्ने नसक्ने ठहर गर्दै काममो वर्गीकरण गरेर टेन्डर गरेको थियो। साञ्जोसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोडमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो।
सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले सम्झौता रद्द गरेको हो। साञ्जोसेले नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल बनाइरहेको थियो।अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।