तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देबबहादुर कुँवरले लेखेका छन् ।
केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।
यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।
त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महानगरीय ट्राफिक महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए ।
निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ । खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिनेभएको छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण