विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

काठमाडौँ, ८ मंसिर :  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।

biplop

पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले अन्नपूर्णसँग भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण