विपन्न र सम्पन्नलाई लाग्ने मुटु रोगमा फरक छ

stock-photo-human-heart-anatomy-of-human-heart-316876313

मुटुरोग दुई किसिमका हुन्छन्। एउटा जन्मजात हुने मुटुरोग र अर्को वयस्कमा हुने मुटुरोग। जन्मजात हुने मुटुरोगका कारण र वयस्कमा हुने मुटुरोगका कारण फरकफरक छन्। उमेर बढेसँगै हुने मुटु रोगका कारण फरक छन्।

जन्मजात मुटुरोगमा पिडीय भन्ने हुन्छ। जहाँ अक्सिजनको मात्रा कमी हुन्छ, त्यहाँ पिडियको समस्या हुन्छ। नेपालमा पिडियको समस्या अन्य देशमा भन्दा बढी छ। अर्को बाथ ज्वरो बिग्रीएर मुटुको भल्भहरु खराब हुने समस्या धेरै छ। जुन नेपालमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ। विकसित देशहरुमा त यो समस्या निर्मुल नै भइसकेको छ। तर यो समस्या तेश्रो विश्वमा बढी पाइन्छ। एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुुलकहरुमा यसको समस्या बढी छ। यो टन्सीलका कारणले हुन्छ। टन्सील बिग्रिँदै गयो भने यो समस्या हुन्छ।

गर्भवती महिलाहरुले चुरोट खाए भने बच्चालाई जन्मजात मुटुरोग हुने सम्भावना बढी हुन्छ। पैंतीस वर्ष काटेका आमाबाट जन्मेका बच्चाहरुमा मुटुरोग लाग्न सक्छ। सन्तुलित भोजनको अभावले पनि मुटु रोगको समस्या आउँछ। गर्भवती महिलालाई सन्तुलित भोजन भएन भने जन्मिएको बच्चामा जन्मजात मुुटुरोग लाग्न सक्छ।

किन दुख्छ मुटु ?

मुटु दुख्ने धेरै कारणहरु हुन्छन्। विशेषगरी मुटुको वरिपरी छातीको बीच भागमा दख्नु मुटु रोगका कारण हुन्। मुटु रोग विभिन्न किसिमका हु्न्छन् भल्भ मुटु रोग, बाथ मुटु रोग, मुटु फेल्योर, कोरोनरी मुटुरोग र हृदयाघात, जन्मजात मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात र हृदयघातलगायत मुख्य हुन्। तसर्थ मुटु दुख्ने प्रमुख कारण भनेकै विभिन्न प्रकारका मुटु रोग हुन्। अन्य कारणहरुमा मानसिक तनावसँग सम्बन्धित मुटु हल्लिने रोग जसलाई हामी एञ्जाइटी भन्छौं। यो पनि मुटु दुख्ने अर्को कारण हो। मुटु रोग बाहेक अन्य कारणहरुमा छातीको मांशपेशी खुम्चेर, फोक्सोको बाहिरी झिल्ली च्यातिएर, मानसिक तनाव बढि लिएमा छाती टाइट हुने र मुटु दुखेको अनुभव हुने गर्छ।

यदि मुटुको भल्भ थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ। विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातिको बीच भागमा बेस्सरी मुटु दुख्न थाल्छ, यस्तो अवस्थामा हिंडडुल गर्दा झन् बेस्सरी दुख्न थाल्छ। शरीरमा रक्त सञ्चार कमी भयो भने पनि मुटु दुख्न थाल्छ। एन्जिनालाई पनि मुटु दुख्ने अर्को कारण मान्न सकिन्छ। एन्जिनालाई सामान्य बुझाइमा छातीको पीडा भन्न मिल्छ। छाती गह्रौं भएको, छातीमा कसैले वा केहीले च्यापेको जस्तो लाग्ने, छाती पोलेको, छाती सुन्न परेको, छाती चिलाएको लगायतका सबै लक्षण एन्जिनामा पर्छन्। जसको कारण मुटु दुख्न थाल्छ। तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हो। त्यसैले हामीले मुटु रोग प्रति बढि सचेत हुनुपर्छ।

वयस्कमा हुने मुटुरोग

कर्नरीआरटीडिजिज भनेको मुटुमा रक्तसञ्चार गर्ने नलीहरु बन्द हुने समस्या हो। जसले कालान्तरमा हृदयघात गराउँछ। यो खानपान र जीवनशैलीको कारणले हुन्छ। यो वंशानुगत पनि हुन्छ तर बढी मात्रामा खानपान र जीवनशैलीबाट नै हुन्छ।

खानपान बढी मात्रामा गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा यस्तो हुन्छ। मोटोपना धेरै भएकाहरु, धुम्रपान र मद्यपान धेरै गर्नेहरुलाई यो समस्या हुन्छ। थोरै मद्यपान गर्नेहरुलाई यो समस्या हुँदैन तर अत्याधिक मात्रामा मद्यपान गर्नेहरुलाई यो समस्या हुनसक्छ।

सुगर र प्रेसर नियन्त्रण नगर्नेहरुलाई पनि यो समस्याले सताउँछ। यसको औषधी नियमित नखाने र यसलाई नियन्त्रणमा पनि नराखे मुटुको नली बन्द हुन्छ। जसले गर्दा हृदयघात हुनसक्छ। शरीरमा कोलस्टोरको नियन्त्रण भएन भने पनि यसले समस्या निम्त्याउँन सक्छ।

पहिला भन्दा अहिले बढी रोग पत्ता लाग्न थालेको छ। कुनै बेला यसको रोग कसरी पत्ता लगाउने भन्ने थियो। अस्पताल, डाक्टर अनि मेसिनहरुको अभाव थियो जसले गर्दा उपचार कठिन थियो। तर अहिले प्रविधिले धेरै कुरा सहज बनाएको छ। रोगको उपचार अलि सहज भएको छ तर योसँगै रोग लाग्ने मात्रा पनि बढेको छ। जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगीको सङ्ख्या बढिरहेको छ।

महिला र पुरुषको मुटुरोग फरक

महिला र पुरुषहरुमा मुटुरोग लाग्ने मात्रा फरक हुन्छ। जन्मजात मुटु रोग (एएसडी) महिलाहरुमा बढी हुन्छ। वयस्कमा हुने मुटुरोग भने पुरुषहरुलाई बढी हुन्छ। कर्नरीआरटीडिजिज पुरुषहरुलाई बढी हुन्छ। खानपिनमा महिलाभन्दा पुरुषहरुले बढी लापरबाही गरेका हुन्छन्। महिलाहरुले पुरुषले भन्दा खाना नै कम खान्छन्। चुरोट, रक्सीको सेवन पनि पुरुषले बढी गर्छन्। जन्मजात मुटुरोग महिलालाई भन्दा पुरुषलाई कम हुन्छ।

पुरुषको जीवनशैली र खानपिन महिलाको भन्दा भड्कीलो हुन्छ। पुरुषहरु बोसो र चिल्लो भएको खाना बढी खान्छन्। यो नेपालमा मात्रै होइन संसारभरी नै हो। तनावपूर्ण जीवनशैली पनि उनीहरुकै बढी हुन्छ।

स्वस्थ हुनका लागि एक हप्तामा दुई हजार किलो–क्यालोरी खर्च गर्नुपर्छ भन्ने मान्यता छ। तर पुरुषहरुले धेरै खाने भएकोले त्यति क्यालोरी खर्च भएर मात्रै पुग्दैन। महिलाहरुले भने खाना नै कम खाने भएकोले उनीहरुकोे शरीरले खर्च गर्नुपर्ने क्यालोरी खर्च गरेका हुन्छन्।

सम्पन्न र विपन्नलाई लाग्ने मुटुरोग पनि फरक

सम्पन्न व्यक्तिलाई बढी कर्नरीहार्टडिजिज हुन्छ। विपन्नलाई लाग्दै नलाग्ने भन्ने होइन तर यो समस्या सम्पन्नलाई बढी हुन्छ। विलासी जीवन अनि शारीरिक सक्रियताको कमीले यो समस्या आउँछ।

सम्पन्न व्यक्ति र विपन्न व्यक्तिमा लाग्ने मुटुरोग फरक छ। सम्पन्न व्यक्तिहरुमा सुगर र प्रेसर बढी छ। यसले कालान्तरमा गएर कर्नरीअरटीडिजिज देखिन्छ। हुम्ला कालिकोट लगायतका दुर्गममा प्रेसर र सुगरको समस्या एकदमै कम छ। ती ठाउहरुमा रियोमार्टीहार्ट डिजिज र जन्मजात मुटु रोगको समस्या बढी छ। अक्सिजनको कमी र सन्तुलित भोजनको अभावले यस्तो भएको हो। टन्सीलको समस्या भएको बेलामा उपचार नपाएर पनि भएको हो। यसले गर्दा भल्भ बिग्रिन्छ। दुर्गम भेगमा प्रेसर र सुगरको समस्या निकै कम छ। सम्पन्न परिवारमा भन्दा विपन्न परिवारमा बाथ ज्वरो र जन्मजात मुुटुरोगको समस्या बढी रहेको छ।

मोटोपना आफैंमा खतरा हो। दुब्लो व्यक्तिलाई भन्दा मोटो व्यक्तिलाई मुटुरोगको धेरै समस्या हुन्छ। मुटुरोगबाट बच्नका लागि धुम्रपान, कोलस्टोर सुगर र प्रेसरको नियन्त्रण गरेमा पचास प्रतिशत खतरा कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि