February 18, 2017

विपक्षी दलहरुले देश टुक्र्याएर द्वन्द्व गर्न खोजेको भन्दै देउवाको चेतावनी

मेलम्ची, फागुन ७ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभएको छ ।

केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै नेपाली कांग्रेस त्यस्तो क्रियाकलापका विरुद्धमा उत्रने चेतावनी दिनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले शनिबार खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली काँग्रेसले पहिलो स्थान हासिल गर्ने दाबी गर्नुभयो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एकअर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तिनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताउनुभयो । नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताउनुभयो ।

आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउँदै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डिपिआर) आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले जिल्लाभरि नै करोडौँ करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयको समस्या र मागलाई सम्बोधन गरी अगाडि बढाउन नेपाली काँग्रेस सदैव जनताका साथमा रहने बताउनुभयो । बस्नेतले १५ वर्षभित्र सिन्धुपाल्चोक जिल्लाका हरेक सडकहरु कालोपत्र गर्ने तथा हरेक घरमा खानेपानीको धारा पुर्‍याउने र हरेक ठाउँमा फलामे बिजुलीको पोल गाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्की, बहादुरसिंह लामा, सरिता प्रसाईं, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, जिल्ला सभापति विकास लामा लगायतले सम्बोधन गर्नुभएको थियो । नेकाँ क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट ५ सय भन्दाबढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल