काठमाडौं, १० फागुन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं ।’
उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।’ उनले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने जिकिर गरे।
उनले अहिलेको अवस्थामा विद्युतीय भोटिङको सम्भावना नभएको बताउँदै मतपत्रमा नै निर्वाचन हुने जानकारी दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द