February 7, 2017

विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरु जिम्मेवार बन्नुपर्ने

माघ २५, काठमाडौं– शिक्षाविद्हरुले विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरु आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन । दोलखाका उच्च माध्यामिक विद्यालय तहका प्रधानाध्यापकहरुले काठमाडौंमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले प्रधानाध्यापकहरु विद्यार्थी र अभिभावकप्रति जवाफदेही भए विद्यालय तहको शैक्षिक स्तरमा सुधार हँँुदै जाने धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै शिक्षाविद् धनन्जय शर्माले विद्यालयको शैक्षिक सुधारको मेरुदण्ड प्रधानाध्यापक आफैं भएको उल्लेख गरे । उनले प्रतिकूल समयमा अभिभावकहरुलाई विद्यालयले छलफलका लागि बोलाउने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
आफू अनुकुलको समय पारेर विद्यालयहरुले अभिभावकहरुसँग छलफलका लागि समय मिलाउने गरेको उल्लेख गर्दै त्यसले पनि शैक्षिक सुधारमा कठिनाई उत्पन्न गराएको उल्लेख गरे ।
शिक्षाविद् शर्माले विद्यार्थीहरुलाई ६० प्रतिशत भन्दा बढि सक्रिय बनाएर मात्रै कक्षा कोठाको शिक्षण सिकाई प्रभावकारी हुने पनि स्पष्ट पारे ।

दोलखाका ६० जना भन्दा बढि उच्च माध्यामिक विद्यालय तहका प्रधानाध्यापकहरु सहभागी रहेको भेलाको संयोजन दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले गर्नु भएको थियो ।
उनले दोलखाका उच्च माध्यामिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान नै संचालन गर्नुपर्ने आवश्यक्तामा जोड दिए ।
दोलखाका सांसदद्धय पशुपति चौलागाई र आनन्द प्रसाद पोखरेलले शैक्षिक क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए । नेपालमा सामुदायिक विद्यालयहरुमा २३ हजार दक्ष गणित शिक्षकको अभाव रहेको तथ्यांक नै सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ