विदेशी खादाको प्रयोग गर्न पर्यटन मन्त्रालयले लगायाे प्रतिवन्ध

Khada१२, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विदेशी खादा माथि प्रतिवन्ध लगाएको छ । राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया विदेशबाट आयात हुने खादामा खर्च हुने गरेको र खादाको प्रयोगले वातावरण प्रदुषित हुने भएकाे भन्दै मन्त्रालयले त्यस्तो प्रतिवन्ध लगाएकाे हो ।

आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमआदी विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै मन्त्रालयले आइन्दा स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न मन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा निर्देशन दिएका हुन् । यदि खादा प्रयोग गर्नु परेको अवस्थामा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न मन्त्रालयले भनेको छ ।

मन्त्रीको स्वागतका क्रममा पनि मन्त्रालयले विदेशी खादाको प्रयोग नगरी एउटा मात्र नेपाली ढाकाको खादा प्रयोग गरेको सहसचिव घनश्याम शर्माले वताए । ‘विदेशी खादा रोक्दा राज्य कोष बच्ने, नेपाली उत्पादनलाई प्रोत्साहित गर्ने, थोरै भएपनि व्यापार घाटा कम होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको शर्माले वताए ।

मन्त्रालयले नेपालमा उत्पादन भएको खादामा सम्भवभएसम्म पर्यटन विकासलाई प्रवद्धन गर्ने भाषा र तस्विरको प्रयोग गर्न समेत निर्देशन दिएको छ । सरकारले कुनै निर्देशन नदिएपनि पर्यटन मन्त्रालयले भने आफ्नो मातहतका कार्यालय र निकायलाई निर्देशन पालना गर्न भन्दै त्यस्तो निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।