विखण्डनको बीऊ एमालेले रोप्योः यादव पुनर्लेखन नभए संविधान खारेज गर्ने चेतावनी

Upendra-Yadav२८ माघ, वीरगञ्ज। संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उदघादन गर्दै यादवले एकल जातीय र नश्लवादी सोचको नेतृत्व गर्ने दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिन नसक्ने दाबी गरे । मुलुकमा नश्लवादको जग र विखण्डनको बीऊ एमालेले रोपेको आरोप लगाएका छन् । मधेसी, आदिवासी जनजाति विरुद्ध घृणा फैलाएर एमालेले नश्लीय सोच र एकल जातीय राज्यसत्तालाई कायम राख्न खोजेको यादवको आरोप छ । देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनुपर्नेमा जोड दिँदै यादवले भने, ‘राज्यसत्ता र यहाँको एउटा खास समुदायमा विभेदकारी मानसिकता हावी रहेसम्म देशले शान्ति, स्थायित्व, सम्मान र समृृद्धि कहिले पनि प्राप्त गर्नै सक्दैन । अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए खारेज गरिदिने चेतावनी समेत दिए । अहिलेको संविधानलाई मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको दाबी गर्दै उनले पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने बताए ।

‘विश्व समुदायले समेत संविधान त्रुटिपूर्ण छ भनिसक्दा पनि तीन दलको चेत खुलेन । हामीले त झन् संविधान नै जलाइसकेका छौं । अब पनि संशोधनमा आलटाल भए संविधान नै खारेज गर्ने भीषण आन्दोलन थाल्छौं,’ यादवले भने ।

उनले संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरे । ‘हामी पनि चुनाव चाहन्छौं तर संशोधन पनि मात्रै चुनाव मान्य हुन्छ,’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न