February 23, 2017

विखण्डनकारीको सपना ध्वस्त पार्ने : सेनापती

सिके राउत र विप्लव माओवादीतर्फ संकेत

 

Rajendra-Chhetri१२ फागुन, काठमाडौं ।  केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको र केहीले हतियार उठाउने धम्की दिएको भन्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले यस्ता  गतिविधि निस्तेज पार्न नेपाली सेना तयार रहेको बताएका छन् ।

सेना दिवसको अवसरमा सकल दर्जालाई बिहीबार सम्बोधन गर्दै क्षत्रीले भौगोलिक अखण्डता कायम राख्न सेना सक्षम रहेको बताएका छन् । अवाञ्छनीय विखण्डनकारी र हतियार उठाउने धम्की दिने समूहले मुलुकको सांस्कृतिक एवं सामाजिक सदभाव तथा सहिष्णुतालाई चुनौती दिएको क्षत्रीले बताए ।

उनले कसैको नाम नलिए पनि सीके राउत र विप्लव माओवादीतिर इशारा गरेका छन् । र, भनेका छन्, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने अवाञ्छनीय गतिविधिलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयार छ ।’

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनापति क्षत्रीले सेना स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि सेनाले खेलेको भूमिका स्मरण गरेका छन् ।

‘उहाँले अखण्ड सुनौलो इतिहासलाई जिवित राख्न, राष्ट्रिय हित विरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाहृय सुरक्षा चुनौतीहरुको सामना गर्न, संविधान र सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभएको छ,’ निर्देशनालयले भनेको छ ।

साथै उनले सेनालाई सक्षम, व्यवसायिक सैनिक संगठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनहरुको अधिकतम् प्रयोग गरी सबल र सक्षम संगठन तयार गर्ने बताएका छन् ।

चीनपछि बंगलादेशसँग सैन्य अभ्यास

प्रधानसेनापति क्षत्रीले सम्बोधनका क्रममा चीनका साथै बंगलादेशसँग पनि संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेको बताए ।

सैनिक कूटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनहरुसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान संयुक्त तालिम तथा अभ्यास भइरहेको उनले बताए ।

हालैमात्र पहिलोपटक श्रीलंकासँग सयुक्त अभ्यास भइसकेको छ भने बंगलादेश र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।