वाम गठबन्धनका चुनावी कमाण्डरले होटल तोडफोड गरे

मंसिर २०,काभ्रेपलान्चोक : एमाले र माओवादीका संयुक्त उम्मेदवार काभ्रेपलान्चोक क्षेत्र २ अन्र्तगत प्रदेशसभा १ का चुनावी कमाण्डर तथा एमाले काभ्रेपलान्चोकका सचिवालय सदस्य कन्चन अधिकारीले रक्सीको मतमा ववण्डर गरेका छन् ।

काभ्रेपलान्चोक प्रदेशसभा १ का एमालेका उम्मेदवार लक्ष्मण लम्सालका चुनावी कमाण्डर अधिकारीले मंगलवार साँझ पाँचखालको एक रिसोटमा सो ववण्डर गरेका हुन् । चुनावी अंक गणित गर्नका लागि रक्सी र मासु सहित बसेको उनको टोलीको बैठकमा हात हालहाल भएपछि स्थितीलाई सामान्य बनाउँन कार्यकर्ताहरुलाई हम्मे हम्मे परेको थियो ।

चुनावको मौन अवधिमा अधिकारी सहितको टोली पाँचखालको एक रिसोटमा जमघटमा व्यस्त थियो । रक्सी, वियर र मासुको स्वाद लिदै निर्वाचन जित्ने रणनीतिमा लागेका उनीहरु नसाको सुरमा निक्कै मात्तिए र अन्तत कार्यकर्ता कार्यकर्ताबीचमै विवाद उत्पन्न भएपछि हानाहान मात्रै भएन कि वियर र रक्सीको बोतल नै फालाफाल भयो जस्को कारण सो रिसोटमा निक्कै बेर होहल्ला र तनाव भएको स्रोतको भनाई छ । अधिकारीलाई रक्सीको नशा चढेपछि कार्यकर्ताबीच नै विवाद उत्पन्न भएपछि उनले रक्सीको बोतल प्रहार गर्दै ववण्डर गरेका थिए र अवस्थालाई समान्य बनाउँन कार्यकर्तालाई केही घण्टा लागेको थियो ।

लम्साललाई जिताउन लाग्नु पर्ने व्यक्ति अधिकारीले रक्सीको वोतल मात्रै प्रहार गरेनन् कि रिसोर्टको सिसा नै फुटाएर ववाल गरे । जस्को कारण अहिले उनको पार्टीभित्रै तीव्र आलोचना भइरहेको छ । यसअघि पाँचखाल नगरपालिकामा मेयरका प्रत्यासी रुद्र बानियाँलाई हराएर महेश खरेललाई विजयी गराउन यिनै अधिकारीको भूमिका रहेको भन्दै एमालेबृत्तमै उनको चर्को आलोचना भइरहेको छ । उनले खरेलसँग मोटो रकम लिएर बानियाँलाई चुनाव हराएकै कारण प्रदेशको टिकटको दावी गरे पनि पाएका थिएनन् ।

रकमको पछि लाग्ने अधिकारीको बवण्डर फेरि के का लागि हो भनेर एमालेवृत्तमा यसले ठूलै हल्लीखल्ली मच्चिएको छ । सो प्रदेशमा एमालेका तर्फबाट प्रदेशसभाका लागि लक्ष्मण लम्साल र काँग्रेसका तर्फबाट सुन्दरमणी आचार्य चुनावी मैदानमा छन् भने प्रतिनिधि सभाको लागि एमालेबाट गोकुल वास्कोटा र काँग्रेसको तर्फबाट मधु आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न