३० असोज,काठमाडौं । नेपाली वाङ्मयका सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको जानकारी प्राप्त भएको छ ।
२४ दिन अघि अस्पतालमा भर्ना हुनुभएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उहाँकाे स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई असोज ७ गते किष्ट अस्पताल लगिएको थियो । अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको जोशीको रगत परीक्षणको क्रममा डेंगु संक्रमणसमेत देखिएको थियो ।
अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
१९७७ वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिनुभएका जोशी देशकै जिउँदो इतिहास हुनुहुन्थ्यो ।
सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रुपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरुमा पुग्नुभएको थियो । भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा योगदान दिनुभएका जोशी वि.सं.२०१३, २०१७ र २०१८ मा गरेर तीन पटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति हुनुहुन्थ्यो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द