January 8, 2020

वन्यजन्तुमा क्षयरोग, एक वर्षमा ५ हात्ती मरे : हात्तीको परीक्षण पनि मानिस जाँच्ने प्रयोगशालामै

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म-यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो । यो समाचार आजको गोरखापत्रमा वसन्त पराजुलीले लेखेका छन् ।

‘फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण हो’, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ । यसको निक्र्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौँ ।’  मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्ये एक हुन्, डा. श्रेष्ठ ।

त्यही हात्तीको पोस्टमार्टममा खटिएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला पनि त्यो हात्ती मर्नुका कारण क्षयरोग नै भएको शंका गरे । ‘परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ । प्रयोगशालाबाट यसको पुष्टि हुन जरुरी छ’, उलने भने ।

पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन् । २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन् । तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन । यस्तै विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैँडा मरेका छन् । पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको आठ वर्षीय भाले गैँडाबाहेक अन्य सबै कालगतिले मरेका निकुञ्जले बताउँदै आएको छ । कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन । तर, सन् २०१५ मार्च १ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैँडामा क्षयरोगको संक्रमण भेटिएको चिकित्सक डा. सडौला बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण