काठमाडौं, २१ असोज । वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन वर्षअघि ठेक्का लिएको एउटा बाटो अझै निर्माण हुन सकेको छैन ।
मन्त्री पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले २०७१ सालमा तीनपिप्लेदेखि सिसडोल ल्याण्डफिल साइटसम्मको आठ किलोमिटर बाटो १८ महिनाभित्र निर्माण गर्नेगरी ठेक्का लिएको थियो। कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको सो बाटो हाल दुई किलोमिटर मात्रै पिच भएको छ।
काठमाडौं महानगरपालिका स्रोतका अनुार पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो निर्माण गर्ने जिम्मा पाएका थिए। सिसडोलवासीले बाटो निर्माण नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिएपछि कामपाले मन्त्री पाण्डेसँग कुरा गरेको थियो। कामपा भौतिक निर्माण विकास विभाग प्रमुख उत्तर रेग्मीले दसैंअघि कुराकानी गर्दा तत्का निर्माण गर्ने बताएका थिए।
सो निर्माण कम्पनीले केही दिन काम गरेपछि पुनः छाडेको कामपाको दाबी छ। कामपा सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बाटो निर्माण गर्न पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेको बताए। निर्माण कम्पनीले सो बाटो १३ करोड रुपैयाँमा ठेक्का लिएको थियो। बाटो निर्माणमा भएको ढिलाइबारे जिज्ञासा राख्दा ठेकेदार कँडेलले भने, ‘तपाइँ को हो? नचिनीकन किन जवाफ दिने? भेटमै कुरा गरौंला।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।