लोकमानको कसुर सत्य सावित !

काठमाडौ–व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको कसुर सही साबित भएको ठहर गरेको छ ।Lokman-Sing-Karki
समिति अन्तरगतको उपसमितिले कार्कीमाथिको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य सावित भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
तत्कालीन अख्तियार प्रमुख कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्रायशः सत्य ठहरिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए ।‘सम्बन्धित निकायसँग सोधपुछ गर्दा कार्की दोषी देखिएको पाइयो ।’
उपसमितिलाई कार्कीमाथि लगाइएको महाअभियोगबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन एक हप्ताको समय दिएको थियो । एक हप्ताको समयसिमा माघ १९ गते भित्रै प्रतिवेदन तयार गरिएको र अव समितिमा बुझाइने उपसमितिले जनाएको छ ।
उपसमितिले आफ्नो कार्यकालमा कार्कीले विभिन्न निकायमा अनुसन्धानका लागि भन्दै गरेको पत्राचारको सम्पूर्ण विवरण मगाएर छानविन गरेको थियो । उपसमितिले कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयसँग पनि परामर्श गरेको थियो ।
कार्कीले अख्तियारमा रहँदा गरेका कसुर सम्बन्धि आवश्यक अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिले बिडारीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिका संयोजक विडारीले सिमित स्रोत, साधन र समय भित्र प्रतिवेदन तयार पार्नु परेको पनि स्पष्ट पारे ।
सर्वोच्च अदालतले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई अयोग्य ठहर गर्दै पदमुक्त गरिसकेको छ । कार्कीलाई अख्तियार दुरुपयोग गरेको, संसद र सर्वोच्च अदालतको मानहानी गरेको, समानान्तर सत्ता चलाउन खोजेको, संवैधानिक निकायका प्रमुखको हैसियत अनुसारको आचरण नगरेको, मेडिकल शिक्षामाथि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेकोलगायतका आरोप लगाउँदै पेश गरिएको महाअभियोग प्रस्ताव संसदमा विचाराधिन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका