चैत ३,काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार ती दुई गोदामबाट प्रहरीले साेमबार विहान मास्क बरामद गरेको हो। महानगरीय प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको डिएसपी बोगटीले जानकारी दिए।
उनका अनुसार ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा राखिएको थियो। बरामद गरेको मास्क लैजान लैजान आठवटा ट्रक प्रयोग गरेको थियो। चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको हो।
त्यहाँ मास्क लुकाइएको आइतबार थाहा पाएर गोदाम सिलबन्दी गरेको थियो। काठमाडौंको कपनमा एक लाख ६८ हजार थान मास्क सहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए।
उनीहरुलाई मास्क उपलब्ध गराउने सुरजकुमार गोयल र सुवास महेश्वरी भने फरार रहेका छन्। गोयल र महेश्वरी दुवैजना भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।
अजिम बक र सज्जनकुमारले उनीहरुसँग मास्क किनेका थिए। बढी नाफा खान पाइन्छ भन्दै प्लाष्टिक पसल चलाउने अजिम बक र फोटो स्टुडियो चलाउने सज्जनकुमारले कालोबजारीमा मास्क किनेका थिए। तर, प्रहरीले उनीहरुलाई फन्दामा पारेको थियो । त्यसपछि प्रहरीले गोयल र महेश्वरीको गोदाम पत्ता लगाएर सिल गरेको थियो।
बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। प्रहरीले बोरा र डब्बा संख्याका आधारमा निकालेको प्रारम्भिक हिसाब अनुसार आठ लाख ४० हजार मास्क बरामद भएको छ। प्रहरीले आइतबार कपन र शनिवार डल्लुबाट कालोबजारीका लागि लुकाइएका मास्कसहित ११ जनालाई पक्राउ गरिसकेको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।