लण्डनमा आगलागी , कैयौँको मृत्यु

३१ जेठ – लण्डनमा एउटा चौबिस तले आवासीय ‘टावर ब्लक’मा भएको भीषण आगलागीमा कैयौँ मानिसहरुले ज्यान गुमाएका छन्। 

कम्तीमा ५० जना मानिसहरुलाई अस्पताल लगिएको बताइएको छ।
ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा भएको आगलागीमा ज्यान जोगाएका व्यक्तिहरुले त्यहाँ फसेका मानिसहरुले मद्दतको लागि आग्रह गर्दै चिच्याएको र केहीले आफ्ना साना केटाकेटीलाई लिएर झ्यालतर्फ अघि बढेको अनि माथिल्ला तलाहरुबाट हाम फालेको देखेको जानकारी दिएका छन्।

अधिकारीहरुले मंगलबार बिहानीको समयमा आगलागी हुँदा उक्त भवनमा करिब ६ सय मानिसहरु रहेको बताएका छन्।

क्षतविक्षत
आगलागी नियन्त्रणका लागि झण्डै दुईसय अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो।
आगोले क्षतविक्षत भएको उक्त टावर अझै ठडिएकै अवस्थामा छ तर त्यो ढल्नसक्ने चिन्ताहरु व्यक्त भएका छन्।

आगलागीको कारण अझै थाहा भइसकेको छैन्।
हालै उक्त भवनको साजसज्जा फेर्नुका साथै स्तरोन्नति गरिएको थियो।

खुलासा
यसैबीच उक्त टावरमा आगलागीको जोखिम रहेको भनेर केही स्थानीय मानिसहरुले विगतमा नै चेतावनी दिएको खुलासा भएको छ।

उनीहरुले आगलागी हुँदा आफ्ना फ्ल्याटको मूल ढोका बन्द गरी भित्रै बस्न र उद्धारको प्रतीक्षा गर्न सुझाव दिइएको उल्लेख गरेका छन्।
लण्डनका मेयर सादिक खानले केही मानिसहरुले उक्त सुझावको उल्लंघन गरेर आफ्नो ज्यान जोगाएको उल्लेख गरेका छन्।

उनले त्यस्ता सुझावले मानिसहरुलाई जोखिममा पार्ने या नपार्ने बारेमा जाचबुँझ गरिनुपर्ने बताएका छन्।
उक्त ब्लक अवस्थित रहेको क्षेत्रको स्थानीय प्रशासनले आगलागीको कारण र तीव्र स्तरमा भएको त्यसको फैलावटबारे द्रुत गतिमा छानबिन गरिने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी