March 31, 2020

लकडाउन सामना गर्न सास्ती

सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न समस्या भएको गुनासो गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि सहरी इलाकामा भने समस्या देखिन थालेको हो ।

सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर सकेका छैनन् ।

मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका करिब ६० जना कामदारले घर जान नपाएको गोल्डेन कम्पनीका प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि नागरिकलाई घर बाहिर निस्कन र सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो । सरकारले पुनः आइतबार लकडाउनको अवधि एक साता थप गरेको छ ।

लकडाउनमा सवारी सञ्चालनमा प्रतिबन्धका कारण सामान्य परिवारका कोही सदस्य बिरामी हुँदा हिँडेरै अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यून तथा मध्यम वर्गीय परिवारले आर्थिक कमजोर अवस्थाका कारण एम्बुलेन्स रिजर्भ गर्न नसक्ने र अन्य सवारीसाधन सञ्चालन नहुँदा हिँडेरै अस्पताल पुग्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण