April 7, 2020

लकडाउनमा सकिए नाकाबन्दीका इन्डक्सन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । 

कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका कारण खाना पकाउने ग्यासको विकल्पमा आमउपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो । कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँचवटा बिक्री केन्द्र काठमाडौँको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयाग पोखरी, भैँसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्य्विनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।

कम्पनीले थप इन्डसक्न चुलो ल्याउने योजना छ तर त्यसका लागि समय भने लाग्ने सो कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले यही मूल्यको र गुणस्तरको इन्डक्सन चुलो ल्याउन छलफल भइरहेको र मन्त्रालयका सचिव पनि सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण