रोनाल्डोले हात पारे युएफा वर्ष खेलाडीको अवार्ड

एजेन्सी – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहायताले नै रियल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल भयो ।

Cristiano-Ronaldo-UEFA-Mens-Player

टुर्नामेन्टमा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए । उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधी जितेका छन् । उनका प्रतिद्वन्दी लियोनल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् । बुधबार इटालियन क्लब फियोरेन्तिानासँगको खेलमा रोनाल्डोले उत्कृष्ट गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति