रोनाल्डोमाथि बलात्कारको आरोप

0b9f21e7-7814-45ed-83d1-79849e5d1489

वैशाख २ – पोर्चुगलका कप्तान तथा स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक महिलालाई बलात्कार गरेको आरोप लगाउँदै एक जर्मन म्यागजिनले खबर छापेको छ ।

जर्मन म्यागजिन डेर स्पिएजेलले सन् २००९ मा एक महिलालाई बलात्कार गरेको र ती महिलालाई तीन लाख पाउण्ड स्ट्रलिङ दिएर सुल्झ्याएको आरोप लगाएको छ । रोनाल्डोले ती महिलालाई पैसा दिएर घटना गुपचुप राखेको म्यागजिनले आरोप लगाएको छ ।

तर रोनाल्डोले भने आरोप अस्वीकार गर्दै खबर पूरै कपोलकल्पित रहेको बताएका छन् । रोनाल्डोका एजेन्टले विज्ञप्ति निकालेर म्यागजिनमा छापिएको लेख जर्नालिस्टिक फिक्सनको एक नमुना रहेको उल्लेख गरेका छन् ।

रोनाल्डोमाथि लगाइएको अरोप अपमानजनक र घृणित रहेको विज्ञप्तिमा उल्लेख छ । घटना भएका बेला २० वर्षको हाराहारीमा रहेकी महिलाबाट प्राप्त भएको चिठ्ठीका आधारमा रोनाल्डोमाथि आरोप लगाइएको बखरमा उल्लेख छ ।

तर ती महिलाका बारेमा केही खुलाइएको छ । रोनाल्डोले आफ्नो अपमान गरेको भन्दै म्यागजिन विरुद्ध कानूनी कारवाहीको प्रक्रिया सुरु गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । घटना लस भेगासमा भएको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति