काठमाडौँ, ३ वैशाख । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगको विकासमा प्राथमिकता दिने निर्णय पनि गरेको छ ।
साथै प्रविधि हस्तान्तरण र प्रशोधनयन्त्रका लागि सरकारले अनुदान दिने, औद्योगिक पूर्वाधारको विकास तथा विदेशमा बस्ने नेपालीलाई नेपाली वस्तु उपभोगमा विशेष कार्यक्रम चलाउने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रालयको नियमित बजेटको अलावा कार्यक्रमका लागि थप रु तीन अर्ब ५० करोड बजेट आवश्यक हुने भएकाले अर्थ मन्त्रालयसँग पहल गर्ने बताइएको छ ।
बैठकलाई सम्बोधन गर्दै उद्योगमन्त्री जोशीले नयाँ उद्योगलाई आकर्षण गर्ने तथा पुराना उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव शङ्कर कोइराला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्मा तथा पूर्व सदस्य डा पुष्कर बज्राचार्यले देश विकासका लागि उद्योगधन्दाको विकास गरिनुपर्नेमा जोड दिनुभयो । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू