रोकिराखेको बसमा भारतीय ट्रक ठोक्कियो, ५ जनाको मृत्यु

accident१९ चैत, काठमाडौं । नवलपरासी कावासेतिमा भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने मध्यविन्दु नगरपालिककाको चालिसकिलो भन्ने स्थानमा भएको दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ३९ ९५ बसलाई युपी ५८ टी ५४७१ को भारतीय ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
बिग्रेर रोकिराखेको बसमा भारतीय नम्बर प्लेटको बसले पछाडिबाट ठक्कर दिएको हो । घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको प्रहरीले जानकारी दियो ।

दुर्घटनामा मृत्यु भएका दाङको सिरिगाउँका १६ वर्षीय दलिराम चौधरी, सोही ठाउँका १७ वर्षीय बीरबल चौधरी र सुर्खेत जुमखालाका ३८ वर्षीय हरि रामजाली मगरको सनाखत भएको छ ।

दुर्घटना विहान ३ बजे भएको इलाका प्रहरी कार्यलयले जनाएको छ ।

बसको टायर पञ्चर भएर मर्मत गर्दै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ ।दुर्घटनमा भारतीय ट्रकका चालकको पनि ज्यान गएको छ । उनको सनाखत भएको छैन ।

घाइतेहरुको मध्यविन्दुस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी