‘रेस ३’ मा यी कलाकार

salman-and-imranएजेन्सी, १८ असोज । सलमानले अब चाँडै नै फिल्म ‘रेस ३’ को सुटिङ सुरु गर्नेछन् । यस फिल्ममा उनीसँग अभिनेत्री ज्याकलिन फर्नान्डज र डेजी शाह पनि देखा पर्नेछन् । तर फिल्ममा दोस्रो अभिनेता चुन्ने क्रममा अभिनेता सिद्धार्थ मल्होत्रा र आदित्य रोय कपूरलाई प्रस्ताव गरिएको थियो ।

प्रस्ताव राखेको लामो समयसम्म पनि दुवै अभिनेताले केही खबर नगरेपछि अहिले भने अभिनेता इमरान हास्मीलाई लिने निर्णय भएको बताइएको छ । आगामी महिनाभित्रै फिल्म पूरा गर्ने योजना बनाएकाले पनि फिल्म निर्देशनको टिमले तुरुन्तै इमरानलाई प्रस्ताव राखेका हुन् । इमरानले यसअघि पनि दुई अभिनेता भएका फिल्ममा काम गरिसकेका छन् र उनलाई यसप्रति कुनै आपत्ति छैन ।

फिल्ममा  डेजी शाहका साथ इमरान देखिने बताइएको छ । यस फिल्मको निर्देशन  र कोरियोग्राफर रेमो डिसुजाले गर्ने बताइएको छ । २००८ मा बनेको सफल चलचित्र ‘रेस’ एक्सन र थ्रिलरले भरिएको थियो । यसको सफलतासँगै २०१३ मा पुन यसको भाग २ आएको थियो जसले पनि बक्स अफिसमा सफलता हासिल गर्यो ।

यस अघि ‘रेस २’ मा अनिल कपूर, सैफ अलि खान, दिपिका पादुकोण र जोन अब्राहम अनि ज्याकलिन फर्नान्डज जस्ता कलाकारले अभिनय गरेका थिए । रेस १ र २ दुवैमा अभिनय गरिसकेका अभिनेता सैफ अलि खान ‘रेस ३’ बाट भने बाहिरिएका हुन् । उनको ठाउँमा सलमानले अभिनय गर्ने भएपछि फिल्म पहिले नै चर्चामा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं