रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन् । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको आज जानकारी दिए ।
सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिए । ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो,’ रेणु दाहालले भनिन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताए ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उनको भनाइ छ ।
निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ ।
‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ,’ पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू