April 17, 2017

रेखा थापा उपमेयरको उम्मेदवार बन्ने

images

काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपपेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले अनलाइनखबरसँग भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’

रेखाले यसबारे छलफल गरौंला भनेकी छन् । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले उपमहानगर र महानगरका उम्मेदवार जिल्लाको सिफारिसमा केन्द्रले तोक्ने जानकारी दिए । राजाराम श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए । र, उनले यो पटक उम्मेदवार नबन्ने योजना रहेको बताए । तर, पार्टीले उम्मेदवार बनाए पछि नहट्ने बताए ।

नायिका थापा भने हालै मात्र राप्रपामा प्रवेश गरेकी थिइन् र केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । ललितपुर महानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य निरन्जन थापा र नरेश श्रेष्ठको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक