रुपन्देहीमा पनि नयाँ शक्ति र फोरमवीच तालमेल

२८ वैसाख, बुटवल । नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरमले रुपन्देहीमा पनि चुनावी तालमेल गर्ने भएका छन् । जिल्लामा पनि संयुक्त रुपमा एक भएर निर्वाचनमा जाने दुई दलले निर्णय गरेका हुन् ।

 

रुपन्देहीको भैरहवामा बसेको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार रुपन्देहीमा पनि एक भएर चुनाव लड्ने निर्णय गरेको हो ।

बैठकले रुपन्देहीका सबै नगरपालिका र गाउँपालिकाहरुमा संयुक्त रुपमा निर्वाचनमा जाने निर्णय गरेको नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य किस्मत विकले जानकारी दिए ।

निर्वाचनको मिति नजिकिदै गर्दा यी दुई पार्टीले संयुक्त रुपमा जिल्लास्तरिय निर्वाचन परिचालन मूल समितिसमेत गठन गरेको विकले जानकारी दिए ।

समितिमा महेन्द्र यादव, यज्ञ पोखरेल,देवेन्द्र पाण्डे,किश्मत बिक, निर्दोष अली,शारदा घिमिरे,रामू यादव,निलम यादव,रामऔतार यादव र फकुरदिन खँ रहेका छन् ।

जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा समेत संयुक्त रुपमा निर्वाचन परिचालन गर्ने र जिल्लामा क्रियाशील राजनैतिक दलहरुसँग पनि वार्ता गरी बिचार मिल्ने भए सहकार्य गर्ने निर्णय समेत गरेको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए ।

देश न ५ अन्तर्गतको रुपन्देहीमा जेठ ३१ मा दोश्रँे चरणको चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी