१२ असार, रुकुम । वर्षापछि आएको बाढीले रुकुमका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । आइतवार राती आएको बाढीले जिल्लाको आठबीसकोट नगरपालिका वडा नं ९ राडिज्युलामा रहेको राडिज्युला शिक्षा क्याम्पसको निर्माणाधिन अवस्थामा रहेको भवन परिएको छ ।
राति ११ बजेदेखि ३ बजेसम्म लगातार आएको वर्षाको कारण आएको बाढी पस्दा क्याम्पसको खेलमैदान र भवनको आधा भाग बाढिले पुरेको हो ।
त्यस्तै नगरपालिका वडा नं ९ राडिपाखा र राडिबगरका वस्तीमा बाढी पसेपछि स्थानीयहरु अर्कै ठाउँमा सरेका छन् ।
स्थानीय कालबहादुर खत्री, भिमबहादुर बटाला, कृष्णबहादुर बटाला, नरबहादुर खत्री, प्रेमबहादुर बटाला, जनक बटाला, मन्सुर खत्री, अशोक के.सि., जयबहादुर खत्री र बिजय बटालाको घर बाढीले पुरेको छ ।
वाढी प्रभावितहरु छिमेकिको घरमा शरण लिएर बसेका छन् । आफूहरु रातभर जागरम बसेको र राती नै बस्तुभाउहरुलाई अनेत्र सारेकोले धनजनको क्षति नभएको वाढी प्रभावित जनक वटालाले वताए ।
बाढीले खेतमा लगाएको स्याहर्नै लागेको मकै र झण्डै सात रोपनी खेतको लागि राखिएको धानको व्याड समेत पुरिदिएको छ ।
बाढीले बस्तिका ४० घरधुरिको लागि खानेपानी आपूर्ति गर्ने पाइपहरु समेत बगाएकोले उक्त बस्तिमा खानेपानीको आपूर्ति पनि बन्द भएको छ ।
जहारी खोलामा टार सिंचाई आयोजनाको काम अवरुद्ध
रुकुमकै जहारी खोलामा आएको बाढीले निर्माणाधिन अवस्थामा रहेको चौरजहारी टार सिँचाइ आयोजनाको काम पनि अवरुद्ध भएको छ ।
बाढीले बालुवा, गिट्टी, सरिया बगाएको छ भने निर्माण गरिएको काम क्षतबिक्षत बनाइदिएको छ ।
रोखिएको काम खोलामा पानी नघटेमा अब असोजदेखि सुरु हुने बज्र ग्रुप प्रालिका सहायक सुपर भाइजर सोमनाथ थकालिले जानकारी दिए ।
उनका अनुसार खोलाले करिब ८ लाख बराबरको क्षति गरेको छ । सन् २०१७ फेब्रुअरी ३ मा प्रालिलाई साढे करोडको २०१९ फेब्रुअरी ३ मा काम सम्पन्न गर्ने गरी ठेक्का परेको थियो ।
खोलाले आसपासका खेतहरुमा भर्खरै लगाएको धानबालीमा पनि क्षति पुर्याएको छ ।
बाढीले खेतहरु कटान सँगै धान बालि पुरेको छ । आफूले भर्खरै लगाएको धानबाली कामै नलाग्ने गरी पुरिदिएको वडा न. ११ कि लक्ष्मी ओलीले बताइन ।
सडक पनि अवरुद्ध
यसैबीच, वर्षापछि आएको पहिरोले सडक परेपछि चौरजहारी खोलागाउँ र खोलागाउ खलंगा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएसँगै अब त्यस क्षेत्रका स्थानीयलाई गाडी भेटाउन सल्यानको मौलाहाले र चौरजहारी बजारमा पुग्नुपर्ने भएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।