राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग


२७ असोज,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत  पेशागत  संघसंगठनले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको  सयुक्त बैठकले राससमा कार्यरत २२  श्रमजीवि पत्रकारलाई कुनै पनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्वद्ध संघ-संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।
बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ÷संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।             
नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्यरत २२ जना पत्रकारको रोजगारी सुनिश्चितता गर्न जोडदार माग गरेको छ । संघर्ष समितिले रासस कार्यालयमा असोज २८ गते आयोजना गर्ने धर्ना कार्यक्रममा ऐक्यबद्धता र सहभागिता रहने पनि निर्णय गरेको छ ।
बैठकमा सहभागि उनीहरुले त्यहाँ कार्यरत रहेका पत्रकारले मात्र लडाइ लडेर समस्या समाधान नहुने भन्दै सवै संगठनले धर्ना र आन्दोलन गरेर रोजगारी सुनिश्चित गर्नुपर्ने भनााई राखे ।

श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सरकारी संचारमाध्यमले श्रमजीवि पत्रकारलाई हटाउने कार्यको घोरभत्र्सना गर्दै राससमा कार्यरत रहेका पत्रकारलाई हटाउन नहुने बताए ।
उनले श्रमजीवि पत्रकार ऐनलाई कुनै पनि विनियमावली अबिलम्बन संशोधन गरि श्रमजीवि पत्रकारको रोजगारी सुनिश्चिता गर्नुपर्ने बताए  ।
प्रत्येक तीन÷तीन महिनामा हुने नविकरण पनि अहिले यहि असोज मसान्तसम्म मात्र गरिएको छ । श्रमजीवि पत्रकारलाई हटाउने नियत राखेर अध्यक्ष झाले १६ दिनका लागि मात्र नयाँ नियुक्ती पत्रकारलाई इमेल मार्फत पठाएका छन् । यसरी ति २२ जना पत्रकारलाई हटाउन थालिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले राससका श्रमजीवि पत्रकारको बिषयमा महासंघले अगुवाई नै गर्ने बताए । उनले पत्रकारको धर्ना तालाबन्दीका कार्यक्रम महासंघको अगुवाईमा हुने बताए ।

भोलि संघर्ष समितिबाट ऐक्वद्धता जनाउने र पर्सिबाट नेपाल पत्रकार महासंघले धर्ना, आन्दोलन र तालाबन्दी गर्ने उनले बताए । उनले भोलि संघर्ष समितिले गर्ने आन्दोलनमा ऐक्यवद्धता जनाउने र त्यसले पार्ने प्रभावका आधारमा पर्सिबाट आन्दोलन गर्ने बताए । महासंघका केन्द्रीय सदस्य अधिकारीले दिर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर  जानुको विकल्प नभएको बताए ।

समाजवादी प्रेस संगठन कार्यवहाक अध्यक्ष विश्वमणि सुवेदीले तत्काल राससका पत्रकारलाई व्यवस्थापन गरि विनियमावली संशोधन गरेर दिर्घकालिन समस्या समाधान गर्नुपर्ने बताए । उनले सवै संगठन धर्ना र आन्दोलन गरेर ति २२ जना श्रमजीवि पत्रकारलाई हटाउन दिन नहुने बताए ।

“निजी संचारगृहलाई त हामीले पत्रकारलाई रोजगारीबाट हटाउन दिएनौ । सरकार संचारमाध्यमबाट हामी पत्रकारलाई धर्ना आन्दोलन गरेर हटाउन दिदैनौ,” उनले भने, “राज्यलाई धर्ना र आन्दोलन जस्ता कार्यक्रम गरेर दवाव दिएर रोजगारी खोस्ने कार्य गर्न दिनुहुदैन ।”
नेपाल प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले हटाउन खोजे सवै संगसंगठन मिलेर आन्दोलन गर्ने बताए । उनले राससमा लामो समय काम गरेका पत्रकारलाई विकल्प खोजेर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उपत्यका प्रतिष्ठान प्रदेश समिति नेपाल पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र ओलीले सवै साथीको तत ठाउँमा पुनस्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले श्रमजीवि पत्रकार ऐन अनुसार कोही पनि पत्रकारलाई निकाल्न नपाइने भन्दै रातदिन धर्ना दिएर राससका २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न थालेका पत्रकारको पुर्नवहाली गरिने बताए ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा बलप्रयोगका आन्दोलन गरेर भएपनि ति पत्रकारको रोजगारी गुम्न नदिने बताए । उनले ति पत्रकारको नविकरण गर्नका लागि धर्ना र आन्दोलनको विकल्प नभएको बताए ।
समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले पत्रकारलाई हटाउन नहुने र आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्ने बताए ।

प्रेस चौतारी नेपालका प्रतिष्ठान इन्चार्ज मोहन वाँस्तोला श्रमजीवि पत्रकारलाई हटाउने कार्यको विरोध गर्दै श्रमजीवि पत्रकारलाई हटाउन नपाइने बताए ।
श्रमजीवि पत्रकारको पक्षमा वकालत गर्दै आएका राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्धराज राईले राससमा २० बर्षदेखि कार्यरत श्रमजीवि पत्रकारलाई हटाउन थालेका छन् ।
२० बर्षदेखि करार र ज्यालादारीमा रहेका २२ जना पत्रकारलाई उनीहरुले यहि कात्र्तिक १ गतेबाट हटाउन थालेका हुन् । 

राससमा कार्यरत रहेका ति २२ जना पत्रकार नेपाल पत्रकार महासंघ र प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाल, नेपाल प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन, श्रमजीवि पत्रकार संघलाई रोजगारी गुम्न नदिनका लागि ज्ञापन पत्र बुझाइसकेका छन् ।

राससका अध्यक्ष झाले नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हक अन्तर्गतको प्रत्येक नागरिकलाई रोजगारीको हकको र रोजगारीको हक सम्बन्धि ऐन २०७५ को दफा ३ मा प्रत्येक नागरिकलाई रोजगारी पाउने अधिकार हुनेछ भनी संवैधानिक र कानूनी रुपमा रोजगारीको सुनिश्चिता  विपरीत श्रमजीवि पत्रकारलाई हटाउन प्रक्रिया थालेका छन्

रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ७ मा विना कारण रोजगारीबाट हटाउन नपाइने स्पष्ट व्यवस्था हुँदाहुँदै र श्रमजीवि पत्रकार ऐनले पनि पत्रकारको पेशाको सुरक्षाको सुनिश्चिता गरेको अबस्थामा रासस व्यवस्थापन पक्षले कात्तिक १ गतेबाट हटाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने